आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप

आइतबार, २८ असार २०८३, १७ : ४४
आइतबार, २८ असार २०८३

सारांश

  • सुकुमबासीमाथि राज्यले दुर्व्यवहार र आतङ्क मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक सङ्घले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
  • प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै सङ्घले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
  • सुकुमबासीको उचित व्यवस्थापनको मागसहित काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

काठमाडौँ । सुकुमबासीमाथि राज्यले दुर्व्यवहार र आतङ्क मच्चाएको आरोप लगाउँदै अखिल नेपाल युवक सङ्घले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।  सङ्घले आइतबार सरकार जनविरोधी नीतिमा अघि बढिरहेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सङ्घले प्रहरीको अमानवीय व्यवहारका कारण गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । सङ्घका अध्यक्ष सुवास जिसीले सुकुमबासीमाथि भएको राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाइएको कारण आफूहरू  प्रदर्शनमा उत्रिएको बताए ।

उनले भने, ‘ सुकुमबासीमाथि राज्यद्वारा दुर्व्यवहार गर्ने र आतङ्क गर्ने जुन भएको छ यसका विरुद्ध हामी आन्दोलनमा आएका छौँ । प्रहरीद्वारा जुन प्रकारको अमानवीय ढङ्गले व्यवहार गरियो र त्यसको कारणले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति सिर्जना भयो । यो दुई वटा विषयहरूलाई लिएर चाहिँ हामी आन्दोलनमा आएका हौँ ।’

सुकुमबासीको उचित व्यवस्थापनको मागसहित काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप