डाक्टरका कुरा : यसरी मुक्त हुन सकिन्छ शरीर गनाउने समस्याबाट
सास गनाउँदा सास गनाउने समस्याले कसैलाई दिक्कै बनाएको हुन्छ । यसको सही कारण पत्ता लगाउन सकिएमा नियन्त्रण गर्न सकिन्छ । कब्जियतका कारणले सास गनाउँछ भने कब्जियतलाई ठीक गर्ने । दन्तहर्षा वा पाइरिया भएको छ भने गिजा र दाँतको उपचार गर्नुपर्छ । सास गनाउने समस्यामा चुइगम चपाइरहँदा पनि कम हुन्छ । कुनै खानाको कारणले पसिना धेरै आउने र गनाउने शंका लागेमा आहारविज्ञ (डाइटिसियन) र चिकित्सकको सल्लाहमा खाना परिवर्तन गर्न सकिन्छ । चिल्लो अत्यधिक हुने, मसलेदार, धेरै गन्ध आउने लसुन–प्याजजस्ता मसला हालिएका खाना नियन्त्रण गर्नुपर्छ ।
पसिनाले गनाउँदा
शारीरिक परिश्रम वा खेल्दा पसिना आउने हुनाले दिनहुँ नुहाउने तथा लुगा परिवर्तन गर्ने सामान्य उपाय हुन् । अत्यधिक पसिना आइरहन्छ भने सुत्ने वेलामा पसिना प्रतिरोधी (एन्टी–पस्र्पिरेन्ट) दल्ने । बिहान नुहाएपछि लगाइएको एन्टी–पस्र्पिरेन्ट फेरि आउने पसिनाले बगाइदिन सक्छ । गन्ध प्रतिरोधक (डियोडोरेन्ट)ले पसिना आउन रोक्न सक्दैन । यसले गन्धलाई छोप्न मात्र सक्छ । कतिपय राम्रा एन्टी–पस्र्पिरेन्टमा डियोडोरेन्ट पनि मिलाइएको हुन्छ । यस्तो प्रोडक्टबाट पसिना नियन्त्रण र गन्धनिरोध दुवै काम लिन सकिन्छ । आजकाल पसिना नियन्त्रक चक्की पनि बनेका छन् ।
खुट्टा गनाउने
खुट्टा गनाउने समस्या हुनेले फिट्किरी दल्नु उपयुक्त मानिन्छ । यस्तो समस्यामा जुत्तालाई घाममा सुकाइरहने, लगाउने वेलामा स्प्रे गर्ने, सुतीको मात्र मोजा लगाउने र एकपटक लगाएको मोजा नधोई नलगाउने बानी बसालेमा खुट्टा गनाउने समस्या नियन्त्रित हुन्छ । गुणस्तरीय अत्तर वा सुगन्ध (पफ्र्युम) लगाउनु पनि राम्रो हुन्छ । यस्तो गन्धले अरूका नाकमा पुग्दा सकारात्मक प्रभाव पार्छ ।
अत्यधिक गन्ध आउने पसिना
अत्यधिक पसिना आएर शरीर गनाउँछ भने त्यसको कारण पहिल्याउनुपर्छ । यस्तोमा मिर्गाैला र कलेजो (लिभर)को परीक्षण गर्नु उचित हुन्छ । मिर्गौला बिमारीको लक्षणका रूपमा गन्धले पनि संकेत गरिरहेको हुन्छ । पसिना गनाउनुले शरीरका रासायनिक प्रक्रिया (मेटाबोलिज्म)को अवस्थालाई पनि जनाइरहेको हुन्छ । यसमा डराउनुपर्ने कुनै कारण छैन, तर होसियारी अपनाउनुपर्छ ।
शरीर गनाउन नदिन
काखीलाई सुक्खा राख्ने, त्यहाँका रौँ खौरिरहने, साथै मलमूत्रद्वार वा गुप्तांग क्षेत्रमा पनि सरसफाइमा ध्यानु दिनुपर्छ । ब्याक्टेरिया सुक्खा ठाउँमा जागृत हुन नसक्ने हुनाले ती स्थानलाई सुक्खा र सफा राखिरहनुपर्छ । काखीमा डियोडोरेन्ट लगाउनु राम्रो हुन्छ । नुहाइसकेपछि काखीमा नियमित रूपले फिटकिरी (एलुम) दल्ने गर्दा गन्ध पूरै हराउँछ । एक चम्चा ‘हाइड्रोजिन पेरोक्साइड’ भनिने ब्याक्टेरियानाशक तरललाई एक गिलास पानीमा घोलेर तौलियाले शरीरका गन्ध आउने भागमा दल्नु राम्रो हुन्छ । यसो गर्दा पनि गन्ध पैदा गर्ने ब्याक्टेरिया नष्ट भई गन्ध हराउ“छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण