आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मधुमेह र उच्च रक्तचापका लागि फाइदाजनक नास्पातीले, थाहा पाउनुस् यसका अन्य फाइदा

सोमबार, १७ असोज २०७३, १७ : ४४
सोमबार, १७ असोज २०७३

आयुर्वेदका अनसार नाश्पाती पच्नमा हल्का, रोगीलाई छिट्टै उर्जा दिने, मल सफा गर्ने, तिर्खा मेटाउने र त्रिदोष नाशकको रुपमा लिइन्छ । नेपालमा नास्पाती एक लोकप्रिय फल हो ।

१०० ग्राम नास्पातीमा १९ मिलिग्राम म्याग्नेसियम, ९ मिलिग्राम सोडियम, १४ मिलिग्राम फोस्फरस, आयोडिन १ मिलिग्राम कोबाल्ट, ६५ मिलिग्राम कपर, १२० मिलिग्राम मोलिब्डेनम, ५ मिलिग्राम फ्लोरिन, १० मिलिग्राम जिंक, १९० ग्राम भिटामिन ए, भिटामिन बीवान, बीटु र पोटासियम पाइन्छ । यसका साथै यसमा क्याल्सियमको प्रचुर मात्रामा रहेको हुन्छ।

यदि तपाईं नास्पाती खानुहुन्न भने यसका अनगिन्ती फाइदाबारे जान्नुहोस्, नास्पाती खाने बहाना पाउनुहुन्छ ।

एनिमियाबाट बचाउँछः नास्पाती आइरनको एउटा रामो स्रोत मानिन्छ जसले हेमोग्लोबिनको स्तर बढाउँछ र एनिमियाबाट ग्रस्त रोगीलाई सुरक्षा प्रदान गर्दछ ।

कोलेस्ट्रोलबाट मुक्तिः नास्पातीमा पक्टिन हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ । यसको रस सबैले पिउन जरुरी छ ।

ज्वरोबाट छुटकाराः एक ग्लास नास्पातीको रस पिउँदा तपाईंको ज्वरो चाँडै घट्छ । यसले तातीरहेको तपाईंको शरिरलाई साधारण तापक्रममा आउन मद्दत गर्दछ ।

पाचन प्रक्रियालाई बलियो बनाउँछः नास्पाती फाइबरको राम्रो स्रोत मानिन्छ जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । यसमा पाइने प्याक्टिनले कब्जियतलाई ठिक पार्दछ ।

हड्डीका लागि फाइदाजनकः नास्पातीमा अत्यधिक मात्रामा बोरोन पाइन्छ । बोरोनले हड्डीमा क्याल्सियम बनाइराख्न मद्दत गर्दछ । त्यसकारण नास्पातीको सेवन गर्दा आस्टियोपोरोसिस हुने खतरा कम हुन्छ ।

मधुमेहः प्रचुर मात्रामा फाइबर हुने नास्पाती मधुमेह रोगीका लागि पनि फाइदाजनक छ । यसको फाइबरले मधुमेहको स्तरलाई नियन्त्रणमा राख्दछ ।

उच्च रक्तचापलाई नियन्त्रणमा राख्छः नास्पातीमा पोटासियम र ग्लूटाथिओन पाइन्छ जुन एक प्रकारको एन्टीअक्सिडेन्ट हो र यसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्दछ र हृदयघातको खतरालाई कम गर्न सहयोग गर्दछ ।

क्यान्सरबाट जोगाउँछः यसमा कपर र भिटामिन सी हुन्छ जसको दैनिक सेवनले क्यान्सर पैदा गर्ने र्याडिकल्समा क्षती पुर्याउँछ । यसले पेटको क्यान्सरलाई रोक्न मद्दत गर्दछ । यसको रेशाले पेटको क्यान्सर बढ्नबाट रोक्छ । नास्पातीको नियमित सेवनले रजोनिवृत्तिपछि महिलाहरुलाई हुने क्यान्सरको खतरालाई पनि कम गर्दछ ।

प्रतिरक्षा प्रणालीलाई बढाउँछः नास्पातीमा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले प्रतिरक्षा प्रणलीलाई बढाउनुका साथै ज्वारो, फ्लु र संक्रमणबाट लड्न सहयोग गर्दछ ।

ऊर्जा बढाउँछः नास्पातीको जुस पिउँदा तुरुन्त शरिरमा ऊर्जा पैदा हुन्छ । यसमा ग्लुकोज हुने भएकाले तत्काल ऊर्जा प्रदान गर्दछ ।

सुन्निन कम गर्दछः जो मानिसहरुमा सुन्निने समस्या हुन्छ उनीहरुले यसको रस पिउँदा निकै आराम पाउन सक्छन् ।

गर्भवतीका लागि फाइदाजनकः नास्पाती गर्भवती महिला र बच्चाको लागि फाइदाजनक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप