आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहान खाली पेटमा चिया पिउनुहुन्छ ? यी १० असर जान्नुहोस्

बिहीबार, २० असोज २०७३, १५ : ५२
बिहीबार, २० असोज २०७३
बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे । १. खाली पेटमा चिया पिउँदा शरिरमा प्रोटिन र पौष्टिक पदार्थ सोस्ने क्षमता कम हुन्छ । २. खाली पेटमा कालो चिया पिउँदा पेट फुल्छ । ३. चियाले खाली पेटमा ग्याष्ट्रिक म्यूकोसा बढाउँदछ जसले कम भोक लाग्छ । ४. चिया एसिडिक हुन्छ त्यसकारण यसलाई खाली पेटमा पिउँदा एसिडिटी बढ्दछ । ५. चियामा टोनिक हुन्छ । त्यसकारण खाली पेटमा चिया पिउँदा बान्ता आउला जस्तो भान हुन्छ । ६. एक दिनमा ४/५ कप चिया पिउँदा पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना बढ्छ । ७. खाली पेटमा दुध हालेको चिया पिउँदा थकान महसुस हुन्छ र इरिटेसन बढ्छ । ८. धेरै कडा चिया पिउनेहरुमा अल्सर हुने खतरा बढि हुन्छ । ९. अदुवा हालेको चिया खाली पेटमा पिउँदा ग्याँसको समस्या हुनसक्छ । १०. चियामा क्याफिन, एल–र्थासनन र थियोफाइलिन हुन्छ । यो खाली पेट पिउँदा अपचको सम्भावना हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप