दसैँमा मुटु रोगीले के खाने नखाने ?
दसैँमा चिल्लो, अल्कोहल र धुमपान धेरैले प्रयोग गर्ने चलन छ । तर, मुटुका लागि सबैभन्दा ठूलो समस्या नै यी तीन चिज हुन् । यी तीन चिज एकैपटक धेरै हुँदा खतरा झनै बढी हुन्छ । दसैँले ननिम्त्याओस् मुटुमा दशा भन्दै डा. राजीवराज भण्डारीले यस्ता सुझाब दिएका छन्ः
चिल्लो बढी चिल्लो र अस्वस्थकर खानाले कोलेस्ट्रोल बढ्ने, मोटोपना बढ्ने, मधुमेहको सम्भावना हुन्छ । ती समस्याले मुटुको धमनीमा बोसो जम्ने र पछि बढ्दै गएर मुटुको धमनी शतप्रतिशत बन्द हन्छ । गह्रौँ भारी बोक्दा तत्कालै समस्या देखिन्छ भने यसलाई एल्जाइना भनिन्छ । हृदयघात र एल्जाइनाको समस्या भनेको पहिले कोलेस्ट्रोल जम्ने र पछि रगत जम्ने हुन्छ । यसका लागि पहिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । चिल्लो र फ्राई गरेका कुराहरू सकेसम्म नखाने गर्नु राम्रो मानिन्छ । मासुको परिकार धेरै तरिकाले तयार पार्न सकिन्छ । अझ यस समयमा स्वस्थ रहन सागपात, फलफूल खान सकिन्छ । यसरी सागपात, फलफूलजन्य वस्तुको प्रयोग गर्दा मुटुको भल्ब बन्द हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
अल्कोहल
दसैँमा मासुसँगै अल्कोहलिक पदार्थ पनि खाने गर्छन् । त्यसो त मासु र अल्कोहल खाँदैमा हृदयघात हुन्छ भन्नेचाहिँ छैन । कति र कसरी मासु र अल्कोहलको प्रयोग गर्ने भन्ने मात्रै हो । ६०–६५ एमएललाई खासै अस्वस्थ रूपमा लिने गरिँदैन । यो सामान्य हो । तर, अत्यधिक मदिरापानले मुटुमा खराबी ल्याउँछ । अल्कोहलको प्रयोगले रक्तसञ्चारमा समस्या आउने र त्यसले हृदयघात हुन सक्छ ।
धुमपान
धुमपानका कारणले हृदयघात हुने सम्भावना बढी हुन्छ । दसैँमा नयाँ कामको सुरुवातका रूपमा धुमपान छाड्न सक्नुहुन्छ । धुमपान गरिरहेकाले छाड्दा पनि हृदयघातको सम्भावना कम हुँदै जान्छ । पछिल्लो समय युवा वर्गमा देखिएको हृदयघात धुमपान तथा मद्यपान नै हो । मुटुको धमनी हल्का ब्लक भएको छ र त्यस्तो व्यक्तिले धुम्रपान तथा मद्यपान गरेमा मुटुमा समस्या बढ्दै जान्छ । ४० प्रतिशत मानिसको मुटु अचानक ब्लक हुन सक्छ । यो नर्मल मानिसमा पनि हुने गर्छ । ध्रुमपानको प्रयोग नै जटिल हो जसले जुनसुकै समयमा पनि हृदयघात निम्त्याउन सक्छ ।
समस्याका कारण
अस्वस्थ खानपान र अनियमित जीवनशैली अनावश्यक रूपमा बढी चिन्ता लिनु । उच्च रक्तचाप हुनु । अत्याधिक घुमपान र मदिरापान गर्नु । आवश्यकभन्दा बढी मोटाउनु । शारीरिक व्यायाम नगर्नु । स्वस्थकर खाना खाने । के खाने ? बोसोरहित मासु मात्रै खाने । बोसोविनाको माछामासु खाने । ठिक्क खाने । अल्कोहल खाए ६० एमएलभन्दा कम खाने ।
के नखाने ?
अस्वस्थकर खाना नखाने बढी चिल्लो खानेकुरा नखाने । बोसो भएको खानेकुरा मासु नखाने । जेरी, पनिर आदि नखाने । पोलेको, फ्राई गरेको खानेकुरा नखाने । एकपटक प्रयोग गरेको तेल पुनः प्रयोगमा नल्याउने । अल्कोहलको मात्रा बढी प्रयोग नगर्ने ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण