आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेसिपी : दसैँमा पाहुनाहरुलाई चखाउनुहोस् ‘ओरेन्ज स्पेसल’ मेन्यु

आइतबार, २३ असोज २०७३, १० : ०२
आइतबार, २३ असोज २०७३
दसैँ हिन्दु धर्मावलम्बीको महान् चाड हो । दसैँलाई परिकारको चाडका रुपमा पनि लिइन्छ । वर्षभरिको थकाइ मार्ने, आफन्तसँग भेटघाट गर्दै मीठा–मीठा परिकार खाने पर्वका रुपमा यसलाई लिइन्छ । दसैँमा लामो छुट्टी हुृने भएकाले घरैमा विभिन्न परिकार बनाएर खान सकिन्छ । दसैँको अवसर पारेर रातोपाटीले मासुका विभिन्न परिकार, स्न्याक्स छिटो–छरितो तरिकाले पकाउने विधि पस्कँदै छ । उल्लिखित परिकार कुपनडोलस्थित ओरेन्ज क्याफेको मेनुमा पर्छ । चिकन जिन्जर आवश्यक सामग्री -     चिकन क्युब (बोनलेस) आठ पिस -     राम्ररी काटिएको टमाटर -     राम्ररी काटिएको प्याज -     लसुन दुई केस्रा -     लामो–लामो काटेको अदुवा (५० ग्राम) बनाउने तरिका -     कुकिङ प्यानमा सनफ्लावर कुकिङ तेल दुई चम्चा राख्ने -     तेल मनतातो भइसकेपछि राम्ररी काटिएको प्याज, टमाटर तेलमा फुराउने (सानो आगोमा) -     हल्का खैरो भएपछि चिकन क्युब हाल्ने र करिब पाँच मिनेटजति चलाउने । -     मसलामा धनियाँको धूलो, अलिकति बेसार, नुन र खुर्सानी स्वादअनुसार हाल्ने र १५–२० पकाउने -     यसरी पकाएपछि गोल्डेन कलर आउँछ -     यसपछि बाउल वा प्लेटमा परिकारलाई सर्भ गर्न सकिन्छ र परिकार तयार भइसकेपछि माथिबाट काटिएको लसुन छरेर सजाउने । ओरेन्ज मिक्स्ड भेजिटेबल करी आवश्यक सामगी्र -     उसिनेको आलु तीन/चार पिस -     फ्राइ गरेको पनिर तीन/चार पिस -     सिमी तीन/चार पिस -     काउली तीन/चार पिस -     गाँजर तीन/चार पिस -     राम्ररी काटिएको प्याज -     टमाटरको प्युरी -     जिराको धूलो, अदुवा लसुनको पेस्ट, करी पाउडर -     धनियाँ क्रस बनाउने तरिका -     एउटा कुकिङ प्यान लिने, त्यसमा दुई चम्चा तेल हाल्ने र प्याज फुराउने -     प्याज फुराइसकेपछि अदुवा, लसुनको पेस्ट, बेसार राख्ने -     आलु, पनिर, सिमी, काउलीलगायत सबै सामग्री हालेर करिब १० मिनेटजति पकाउने -     नुन, खुर्सानी स्वादअनुसार -     त्यसपछि टमाटरको प्युरी हालेर पाँच मिनेटजति छोप्ने -     पाँच मिनेटपछि धनियाँको क्रस हालेर सर्भ गर्ने ओरेन्ज स्पेसल क्रिस्पी आलु आवश्यक सामगी्र -     रोजम्यारी -     राम्रे ३ वटा आलु -     मकैको पीठो बनाउने तरिका -     सबैभन्दा पहिले आलुलाई ताछेर हाल्फ बोइल गर्ने -     त्यसपछि आलुलाई फिङ्गर चिप्स स्टाइलमा काट्ने -     मकैको पीठोलाई पानीमा हालेर लेदो बनाउने, त्यसपछि नुन स्वादअनुसार, रोजम्यारी, अलिकति खुर्सानीको धूलोमा काटिएका आलु मोल्ने -     त्यसपछि तेलमा डिप फ्राइ गर्ने पाँच मिनेटजति -     क्रिस्पी आलु तयार भयो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप