दसैँमा मासु प्रयोग कसरी गर्ने ? (डा. बावुराम पोख्रेलका २० टिप्स)
नेपालमा दसैँलाई आस्था, उमंग र उपभोगको चाडका रुपमा लिने गरिन्छ । टाढा–टाढा रहेका आफन्त एकैठाउँ भेला हुने, मीठो खाने र रमाइलो गर्ने चाड हो– दसैँ । पछिल्लो समय दसैँमा मासु प्रयोग पनि बढ्दै गएको छ । यसै सन्दर्भमा चाडबाडमा मासु कसरी खाने भनेर सुमेरु अस्पतालका डा. बावुराम पोख्रेलसँग आस्था केसीले गरेको कुराकानी :
- हाम्रा रीतिरिवाज र चाडपर्वमा मासु प्रयोग अनिवार्य बन्दै गएको छ । मासु प्रयोग शरीरका लागि आवश्यक पर्ने प्रोटिनका लागि हुनुपर्नेमा सोख र रमाइलोका लागिजस्तो भइरहेको छ । त्यसैले चाडबाडमा मासु नै खानुपर्छ भन्ने सोचाइ परिवर्तन गर्नुपर्छ ।
- मासु शरीरका लागि आवश्यक छ तर त्यो नखाए पनि शरीरले अरु नै माध्यमबाट प्रोटिन उत्पादन गर्छ । त्यसैले शरीरका लागि मासु अनिवार्य भन्ने भ्रमबाट बच्नुपर्छ ।
- देवी भगवती र अन्य देवताको पूजा आराधना गर्दा पशुबलि दिने परम्परा अन्त्य गर्दा राम्रो हुन्छ । चाडबाडमा रमाइलोका लागि मासु खानेभन्दा पनिे शरीरलाई आवश्यक छ कि छैन भन्ने निक्र्यौल गरेर मात्र मासु ग्रहण गर्नुपर्छ ।
- सबैभन्दा पहिले कसरी काटेको छ । खसी, राँगा, बोका काटेको ठाउँ कत्तिको सफा छ त्यो हेर्नुपर्छ । फोहोर ठाउँमा सफा नगरिएका औजार प्रयोग गरेर काटेको मासु प्रयोग गर्नुहुँदैन ।
- काटेको मासु खुला ठाउँमा राखेको छ कि रेफ्रिजेरेटरमा ख्याल गर्नुपर्छ । धेरै समयसम्म खुला ठाउँमा राखेको, झिँगा भन्केको मासुमा रोगका कीटाणु हुन्छन् । त्यस्तो मासु प्रयोग गर्दा झाडापखाला, हैजा, आउँ, आदिजस्ता अनेक थरी रोग लाग्ने सम्भावना भएकोले दुषित र अस्वस्थकर मासु प्रयोग गर्नबाट बच्नुपर्छ ।
- मासु किन्नुअगाडि कति घन्टा पहिले काटेको हो, कत्तिको शुद्ध छ भनेर ख्याल गर्नुपर्छ ।
- विकसित देशमा डिफ फ्रिजमा राखेको मासुमात्र खाने चलन छ । हामीकहाँ बिजुलीको समस्या भइरहने हुनाले सबै ठाउँमा मासु स्टोर गर्ने फ्रिज र रेफ्रिजेरेटर उपलब्ध हुन सक्दैनन् । सकेसम्म जहाँ सुरक्षित तरिकाले मासु राखिएको छ । त्यही पसलबाट मात्र मासु खरिद गर्नुपर्छ ।
- घरमा ल्याइसकेपछि मासु कसरी पकाउने भन्ने कुरामा विशेष ख्याल गर्नुपर्छ । सबैभन्दा पहिले मासुलाई राम्रोसँग धोइपखाली गर्नुपर्छ ।
- पकाउने बेला तेल कति राख्ने भनेर सतर्क हुनुपर्छ । दसैँमा मासु भुटेर खाने चलन धेरै छ । तेल र मसलामा डुबाएर राम्रो हुन्छ भन्ने बुझाइ पनि छ तर यो सही बुझाइ होइन ।
- तेलमा डुबाएर पकाएको मासु खानाले प्रेसर बढ्छ । डायबिटिज हुन सक्छ । किड्नी ड्यामेज हुन सक्छ । ब्रेन स्ट्रोक बढ्न सक्छ । सबैभन्दा राम्रो मासु उमालेर खानु राम्रो हुन्छ ।
- मासु पोलेर कहिल्यै खानुहुँदैन । पोलेको मासुमा कीटाणु जीवितै हुन सक्छन् ।
- हामीवरपरको वातावरण जति प्रदूषित छ, त्यति नै मात्रामा खानेकुरा पनि प्रदूषित भएका हुन्छन् । राम्रोसँग पाकेको खानामा जीवाणु जीवित रहने र त्यसले हाम्रो स्वास्थ्यलाई असर गर्ने सम्भावना न्यून हुन्छ । त्यसैले जहिले पनि खानेकुरा राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
- गाँजर, काँक्रा, मुला उमालेर खाएमा राम्रो हुन्छ । काठमाडौंको पानी दुषित छ । यस्तो दूषित पानीले पखालेको खानेकुरामा पनि राम्रोसँग सफा हुन्छ भन्न सकिँदैन । त्यसैले सकेसम्म पानी उमालेर र खाना राम्रोसँग पकाएरमात्र प्रयोग गर्नुपर्छ ।
- खाना खाँदा आफूलाई सहज हुने तरिकाले, आफ्नो शरीरले पचाउने हिसाबले मात्र खानुपर्छ ।
- खाना खाएपछि व्यायाम गर्नुपर्छ । पहिले–पहिले दसैँ–तिहारमा पिङ खेल्ने चलन हुन्थ्यो । गाउँतिर त अझै पनि यस्तो प्रचलन छ– पिङ खेलिसकेपछि मज्जाले व्यायाम हुन्छ र हामीले खाएको खाना पनि शरीरले राम्ररी पचाउन सक्छ । अचेल सहरमा पिङ खेल्ने ठाउँ त्यति छैन । हेभी खाना खाएर सुत्ने, आराम गर्ने वा तास खेलेर बस्ने चलन बढेको देखिन्छ । यसले खाना राम्रोसँग नपचेर कब्जियत वा डाइबिटिज हुन सक्छ ।
- घर–घरमा एउटा सिंगै खसी वा बोका काटेर हप्तौंसम्म बफाएर, भुटेर राख्दा त्यो मासु बिग्रेर जान्छ । त्यसैले आफूले जति खान सकिन्छ, त्यति मासु मात्र एकपटकमा प्रयोग गरौं ।
- गाउँघरतिर साथीभाइ र टोलछिमेकी मिलेर खसी काटेर मासु खान सकिन्छ । एकैपटक धेरै मासु घरमा ल्याउने, पकाउने र भुट्दै खाँदै गर्नु गलत हो ।
- बिहानको खाना बेलुकीसम्म राखेर तताएर खाने चलन पनि राम्रो होइन । कि त एकै छाकमा सकिनेगरी पकाउनुपर्छ । कि त बचेको खाना फ्रिज वा रेफ्रिजेरेटरमा राख्नुपर्छ । बाहिर खुला ठाउँमा राखेको खानाले छिट्टै संक्रमण हुन सक्छ ।
- सकेसम्म अरु भन्दा कुखुराको मासु प्रयोग गर्दा सजिलो, सस्तो र भरपर्दो हुन सक्छ । आर्थिक हिसाबले सस्तो मात्र होइन, स्वास्थ्यको हिसाबले सजिलै तयार गर्न सकिने र प्रयोग गर्न सकिने र प्राप्त गर्न सकिने हुनाले पनि कुखुराको मासु राम्रो उत्तम विकल्प हुन सक्छ ।
- माछा प्रयोग स्वास्थ्यका लागि राम्रो हुन्छ । जिउँदो माछा छ भने अरु मासुभन्दा माछाको प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण