रेसिपी : दसैँमा पाहुनालाई खुवाउनुहोस् रेस्टुरेन्टको जस्तै खाना
काठमाडौँ – दसैँ पर्व भन्नाले नेपालमा दुई अर्थले बुझ्न सकिन्छ, एउटा नातेदारसँग जमघटको चाड र अर्को मिठा मिठा परिकारहरुको चाड । सम्पूर्ण परिवार सँग समय बिताइ बिभिन्न परिकारहरु चाख्नुको मजा बेग्लै हुन्छ । दशैँ चाडको प्रमुख खाना भन्नुनै मासु हो तर दसैँमा शाहाकारी खाना मन पराउनेहरु पनि आजभोली कम छैनन् । दसैँको मौका पारी रातोपाटीले दसैँमा घरमै छिटो छरितो तरिकाले बनाउन सकिने परिकारहरुको रेसिपी तपाईहरु समक्ष ल्याएको छ । यी रेसिपीहरु रोस्यो रेष्टुरेनटले उपलब्ध गराएको हो ।
मटन पक्कु
आवश्यक सामाग्रीहरु
- खसीको मासु आधा के.जी
- काँचो तोरीको तेल मास्ु अनुसार
- घरमा पिसेको जिरा
- दहि
- गरम मसाला
- अदुवा लसुन पेस्ट
बनाउने तरिका
- एउटा सुख्खा भाँडो लिने, मासुलाई पनि सुख्खा राख्ने
- भाँडामा मासु अनुसारको काँचो तोरीको तेल राख्ने
- नुन, खुर्सानी, बेसार, अदुवा, लसुन पेस्ट र गरम मसाला सुख्खा मासुमा मोलेर २ घण्टा जति राख्ने
- त्यसपछि प्लेन दही पनि मोल्ने
- एउटा प्यान लिने र त्यसमा तेल राखी मन्द आगोमा मासुलाई नपाकुन्जेल भुट्ने
- पाकिसकेपछि यसलाई कसौडीमा पस्कन सकिन्छ
- यसलाई पकाएको ३÷४ दिन सम्म पनि सर्भ गर्न सकिन्छ ।
ओनियन पकौडा
आवश्यक सामाग्रीहरु
- प्याज आवश्यकता अनुसार
- बेसनको पिठो आधा पौ
- मिन्ट (अचारको लागि), दही
- चाट मसाला
बनाउने तरिका
- प्याजलाई भुजुरी बनाएर काट्ने
- बेसनको पिठोमा मरकसाला हालेर प्याजलाई मोल्ने
- नुन, बेसार, चाटमसाला स्वाद अनुसार प्रयोग गर्ने
- कराईमा भटमासको तेल तताउने
- हल्का खैरो नभएसम्म प्याजलाई राखेर निकाल्ने
यो झटपट पाकिहाल्छ र सर्भ गर्ने पनि सजिलो छ
भेटघाट रेष्टुरेन्टको रेसिपी
चिकन साँधेको
आवश्यक सामाग्री
- आधा के.जी कुखुराको मासु (छातीको भाग)
- कागती २ वटा जति
- प्याज, गोलभेँडा, लसुन अदुवा, हरियो खुर्सानी
- बेसार
बनाउने तरिका
- सबैभन्दा पहिले चिकनलाई १० मिनेट जति बोइल गर्ने
- बोइल गरिसकेपछि चिकनलाई सानो सानो पिसमा काट्ने
- काटीसकेपछि चिकन माथी कागती निचोर्ने र त्यसमाथि प्याज, लसुन, अदुवा काटेर राख्ने
- त्यसपछि आधा चम्चा जति बेसार राख्ने,
- आधा चम्चा नुन राख्ने
- आधा चम्चा तोरीको तेल राख्ने
- चिकन साँधेको तयार भयो, अब त्यसमाथि गोलभेँडाले सजाउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण