आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

डाक्टरका कुरा : पिँडुला फर्किने यी हुन् ३ कारण

शुक्रबार, १२ कात्तिक २०७३, ०९ : २६
शुक्रबार, १२ कात्तिक २०७३
कहिले हिँड्दाहिँड्दै पिँडुला फर्किएर निकै पीडा हुन्छ । कहिले राति सुतिरहेको अवस्थामै पिँडुला फर्किन्छ । पिँडुला फर्किँदाको पीडा भोग्नेलाई महसुस हुन्छ । पिँडुलाको मासु सरेर अगाडि भागतिर आउनुलाई पिँडुला फर्किनु भनिन्छ । यस्तो अवस्थामा निकै सजगताका साथ हातले मिलाएर पिँडुलाको मासु यथास्थानमा फर्काउने गरिन्छ । पिँडुला फर्किएको पीडा केही दिनसम्म रहिरहन्छ । आखिर किन फर्किन्छ  पिँडुला ? जनरल फिजिसियन डा. शेरबहादुर पुनले तीन कारण बताएका छन् : १. शरीरमा पोटासियम कम हुँदा पिँडुला फर्किने समस्या निम्तिन सक्छ । पोटासियमको कमीले शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ र मासु फर्कने हुन्छ । पोटासियमको मात्रा बढाउन केरा खानुपर्छ । पातयुक्त तरकारी तथा ड्राई फुड्सलगायत पोटासियमयुक्त खाना खानुपर्छ । डिहाइड्रेसन भएमा पनि पिँडुला बाँउडिने हुन्छ । २. पिँडुलाको मांसपेशीमा रक्तसञ्चार राम्रोसँग नभएमा तथा पोषण र अक्सिजनको प्रभाव कम हुँदा पनि फर्किने गर्छ । लवाइ या बसाइ सहज नहुँदा दाबिएर पिँडुलामा रक्तसञ्चार अभाव भए फर्किन्छ । यस्तो अवस्थामा थप दबाब दिने तथा कस्ने गर्नुहुँदैन । बरु केही तातोपन दिएर रक्तसञ्चार प्रभावकारी बनाउनुपर्छ । ३. अत्यधिक कमजोरी तथा थकानले पनि पिँडुला बाउँडिने गर्छ । झडापखाला लाग्दाको कमजोरीमा यो समस्या बढी हुन्छ । लगातारको पखालाले शरीरमा डिहाइड्रेसन भई शरीरमा आवश्यक मात्रामा पोटासियम, खनिज, लवण सञ्चित हुन पाउँदैन र इलेक्ट्रोलाइट असन्तुलित हुन्छ । यो अवस्थामा पानी तथा झोलिलो पदार्थ प्रशस्त पिउनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप