तपाईंसँग मोटर साइकल वा कार छ ? जान्नुहोस्, चालकले ध्यानदिनुपर्ने १२ कुरा
आइतबार, १४ कात्तिक २०७३, ०९ : २९
लामो वा छोटो जस्तोसुकै यात्रामा निस्कँदा आफैँले ड्राइभिङ गर्नुको मजा छुट्टै हुन्छ । तर, सानो कुरामा ध्यान नपुर्याउँदा कहिलेकाहीँ पूरै यात्रा खल्लो पनि हुन सक्छ । विशेषगरी सिकारु तथा भर्खरै लाइसेन्सप्राप्त चालकले यस्ता विषयमा ख्याल गर्नुपर्छ । सडकमा सवारी चलाउँदा नयाँ चालकले ध्यान दिनुपर्ने विषयबारे कीर्तिपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शिवकुमार श्रेष्ठको सुझाब यस्तो छः
सवारी स्टार्ट गर्नुभन्दा पहिले लुब्रिकेन्ट र पानीको मात्रा सही छ–छैन, परीक्षण गर्नुपर्छ ।
इन्जिन स्टार्ट गरेपछि कम्तीमा पनि ५ मिनेटजति त्यत्तिकै छाडिदिनुपर्छ । जसले गर्दा इन्जिनका सम्पूर्ण पार्टस्मा इन्जिन आयल पुगी इन्जिनको आयु बढाउन सघाउ पुग्छ ।
सवारी चलाउनुपूर्व सिट मिलेको छ–छैन, हेर्नुपर्छ । लुकिङ ग्लास सफा गरी स्पष्ट देखिने गरी मिलाएर सिटबेल्ट बाँध्न भुल्नुहुँदैन ।
गाडी चलाउँदा सडकमा राखिएको विभिन्न ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिनुपर्छ । विशेषगरी नयाँ चालक यस्ता चिह्नप्रति सजग हुनैपर्छ ।
सवारी चलाउन पार्किङ या गेटबाट बाहिर निकाल्दा होसियारी भई सकेसम्म अन्य व्यक्तिलाई पनि हेर्न लगाउनुपर्छ । यदि एक्लै हुनुहुन्छ भने बिस्तारै अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा पनि ध्यान दिनुपर्छ ।
मोडमा सवारी चलाउनुपर्दा जता मोड्नुपर्ने हो त्यसको विपरीत दिशातिर केहि च्यापिसकेपछि मात्र मोड्नुपर्छ । मोड्दा पनि जतातिर मोड्ने हो त्यतैको लुकिङ ग्लास हेरेर मात्र स्टेरिङ घुमाउनुपर्छ ।
त्यस्तो वेला अन्य सवारीले ओभरटेक गर्दै छ भने दुर्घटना पनि हुन सक्छ ।
सडकमा सवारी चलाउँदा दुईवटा गाडीबीच निश्चित दूरी कायम राख्नुपर्छ । सामान्यतया यस्तो ग्याप दुई सेकेन्डमा पार गर्ने दूरीबराबर राख्दा राम्रो हुन्छ । त्यस्तै, अगाडिको सवारीको पछाडिको टायर देखिने गरी दूरी कायम गर्नु राम्रो हुन्छ ।
गाडीको गति जति बढी छ दूरी पनि त्यति नै बढी गर्नु राम्रो हुन्छ ।
सवारी पनि स्थानअनुसार फरक तरिकाले रोकेर राख्नुपर्ने हुन्छ । पार्किङ गर्दा उकालो भएमा अगाडिको गेयर तथा ओरालो भएमा ब्याक गेयरमा राख्न भुल्नुहुँदैन । आवश्यकताअनुसार ओत राख्ने तथा समतलमा पनि ह्यान्ड ब्रेक लगाउन भुल्नुहुँदैन ।
अन्य सवारीलाई साइड दिँदा दायाँतर्फ साइडलाइट बाल्ने प्रचलन छ । त्यो गलत हो । जहिले पनि साइड दिँदा देब्रतिरको साइडलाइट बाल्ने र सँगसँगै हातले इसारा गर्दा राम्रो हुन्छ । साइड दिँदा स्पिड कम गर्दै लुकिङ ग्लास हेरेर बायाँ साइड च्याप्न भुल्नुहुँदैन ।
सवारी चलाएर रोक्दा एक्सिलेटर थिचेर घ्यारघ्यार गर्दा ब्याट्री चार्ज हुन्छ भन्ने विश्वास छ । यो राम्रो होइन । यसको सट्टा स्टार्ट गरेर केही समय छाड्दा उत्तम हुन्छ ।
प्रत्यक तीन सेकेन्डमा रुम मिरर हेनुपर्छ भन्ने मान्यता छ । यस्तो बानी कायम गर्दा पछाडिको सवारीको गतिविधि थाहा पाउन सजिलो हुन्छ ।
सवारीलाई पार्किङ गर्दा झ्यालका सिसा पूरै बन्द नगरी थोरै हावा छिर्ने स्थान राख्नुपर्छ । अन्यथा, गाडीको सिसा फुट्ने सम्भावना पनि हुन्छ । पार्किङ गर्दा सम्पूर्ण लाइट अफ गर्नुपर्छ । सडकमै सवारी बिग्रेको अवस्थामा भने पार्किङ लाइट बाल्न भुल्नुहुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण