ट्रम्पलाई भोट गरेको थाहा पाएपछि आमाले छोरालाई घरबाट निकालिन्
अमेरिकी चुनावको परिणामपछि त्यहाँका केही इलाकामा विरोध प्रदर्शनको सिलसिला जारी छ । हिलारी समर्थक अहिलेसम्म डोनाल्ड ट्रम्पलाई स्विकार गर्न सकिरहेका छैनन् । ट्रम्पको जीतको असर अमेरिकी परिवारमा पनि देखिन थालेको छ । इन्टरनेटमा एउटा भिडियो सार्वजनिक भएको छ जसले जो कोहीलाई पनि सोच्न बाध्य बनाएको छ ।
गत शुक्रबार सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ कि डोनाल्ड ट्रम्पको जितले रिसाएकी टेक्ससकी एक महिलाले आफ्नो छोरालाई घरबाट निकालिदिएकी छिन् । छोराले स्कूलमा आयोजित नक्कली चुनावमा ट्रम्पलाई भोट दिएको थाहा पाएपछि ती महिलाले छोरालाई घर निकाला गरेकी हुन् ।
महिलाले यो कदम यसकारण उठाइन् किनभने बच्चाले स्कूलमा भएको नक्कली चुनावमा ट्रम्पलाई भोट दिएकी थिइन् । यद्यपी यसको अमेरिकी राष्ट्रपति चुनावसँग कुनै सम्बन्ध छैन न त यो भोटको कुनै गन्ती थियो तर ती आमाले यस्तो कठोर निर्णय लिइन् ।
भिडियोका अनुसार बच्चा रुँदै आफ्नी आमासँग बिन्ती गर्दै भन्छ, ‘मलाई घरबाट बाहिर ननिकाल्नुहोस् ।’ जवाफमा उनकी आमाले भन्छिन्, ‘जब तिमी घर बाहिर हुन्छौ तब अरुलाई पनि थाहा हुन्छ कि तिमीले के गरेको छौ ।’
घरबाट निस्केर बच्चा भुइँमा बस्छ । उनको हातमा एउटा बोर्ड छ जसमा लेखिएको छ, ‘आमाले मलाई निकाल्नुभयो किनभने मैले डोनाल्ड ट्रम्पलाई भोट दिएको थिएँ ।’
घरबाट निकाल्दै उनकी आमाले भन्छिन्, ‘तिमीले ट्रम्पलाई भोट दियौ । अब म तिमीलाई बताउँछु । आफ्नो सबै सामान भएको यो सुटकेसलाई यहाँबाट लैजाउ । हामीलाई घरमा डोनाल्ड ट्रम्प चाहिँदैन ।’
के हो नक्कली चुनावः नक्कली चुनाव अमेरिकी विद्यालयको महत्पवूर्ण हिस्सा हो । यसमार्फत छात्राहरुलाई चुनाव प्रक्रियाको बारेमा जानकारी दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
-
तृणमूल काङ्ग्रेसमा विद्रोह : पार्टी अध्यक्षमा रोय चयन
-
हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रह
-
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव
-
सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण