यहाँ पैसा दिएर खरिद गरिन्छ मनपरेकी बेहुली, ३ वर्षमा एकपटक लाग्छ यो मेला
साधारणतया हामी बजार आफ्नो आवश्यक वस्तु खरिद गर्नका लागि जान्छौं तर के तपाईं सोच्न सक्नुहुन्छ कुनै बजार वा मेलामा बेहुली खरिद गर्न पाइन्छ । सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविकता हो । बुल्गरियाको स्टारा जागोर नामको ठाउँमा हरेक तीन वर्षमा एक पटक बेहुलीको मेला सजिने गर्दछ । जून मेलामा दुलाहा आएर आफूलाई मनपरेको दुलही खरिद गरेर आफ्नी श्रीमती बनाउन सक्छन् । छोरीलाई विवाह गर्न खर्च जुटाउन नसक्ने परिवारले यस्तो मेलाको आयोजना गर्ने गर्दछन् ।
यस्तो मेलामा भाग लिने महिलालाई दुलहीको पहिरनमा सजाएर उपस्थित गराइन्छ । लगभग हरेक उमेरका गरिब परिवारका किशोरी, युवती यसमा संलग्न हुन्छन् । दुलही खरिद गर्नका लागि धेरैजसो दुलहासँग उनको परिवार पनि जाने गर्दछन् ।
सुरुमा दुलहाले आफूलाई मनपरेको महिला छान्दछ र उनीसँग कुराकानी गर्न मौका खोज्छ । कुराकानी पछि ती महिलालाई श्रीमती स्विकारेर केटीपक्षले तोकेको रकम भुक्तानी गर्दै उनलाई घरमा भित्र्याउँछ । दुलही खरिद गर्ने यो चलन गरिब परिवारमा पुस्तौंदेखि चलिआएको छ । यसमा कानूनी रोक पनि लगाइएको छैन ।
यो मेला बुल्गरियाको कलाइदी समूदायले लगाउने गर्दछ । समूदायका साथै कोही अन्य व्यक्तिले बेहुली खरिद गर्न सक्दैन । उक्त मेलामा त्यो परिवारमात्र समावेश हुन्छ जो आफ्ना छोरीको विवाह गराउन आर्थिक रुपले निकै कमजोर हुन्छन् ।
उक्त मेलामा महिला एक्लै आउँदैनन् । उनीसँग परिवारका कुनै न कुनै सदस्यको उपस्थिती अनिवार्य छ । सामान्यतया पुरुषले दाइजो लिन्छन् तर यहाँको चलन ठिक उल्टो छ । विवाह गरेवापत् बेहुलाले बेहुलीको परिवारलाई पैसा दिनुपर्ने हुन्छ ।
मेलामा पुरुषलाई मन परेको महिलालाई पुरुषको परिवारले पनि बुहारी मान्नुपर्ने हुन्छ । यो नियमको पालना निकै कडाइका साथ लागू गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तृणमूल काङ्ग्रेसमा विद्रोह : पार्टी अध्यक्षमा रोय चयन
-
हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रह
-
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव
-
सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
-
बेलायतमा किन टिक्दैनन् प्रधानमन्त्री ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण