२५ लाख पर्ने विश्वकै सबैभन्दा महंगो विरालो
काठमाडौँ – विश्वकै महंगो र दुर्लभ घरपालुवा विरालोको मूल्य २३ लाख रुपैयाँभन्दा बढी पर्दछ । विश्वमा यस्ता बिरालो मात्र ३० वटा मात्र छन् ।
जंगली काराकाल र एब्सिनियन प्रजातिका बिरालोलाई क्रस ब्रिड गरेर यो विरालो तयार गरिन्छ । यसलाई काराक्याट नाम दिइएको छ ।
जंगली काराकाल प्रजातिको बिरालोलाई धेरै अघि देखि नै सौखको रुपमा पालिँदै आएको हो । यसको सुन्दरताको लागि यसलाई राजा महाराजाहरुले पाल्ने गरेका थिए । चीनका राजा–महाराजाहरुले कसैलाई उपहार दिनुपरे यही विरालो दिने गरेका थिए ।
तर, लामो समय मानिससँग पनि जंगली काराकाल प्रजातिका विरालो हिंस्रक हुने हुँदा सन् २००७ देखि क्रस ब्रिड गरेर क्याराक्याट बनाउन थालिएको हो ।
५० सेन्टिमिटरसम्म लामो हुने यो विरालो १५ केजीसम्म हुनेगर्छ । उता जंगली काराकाल भने १३ केजीसम्म हुन्छन् भने यसलाई ब्रिड गरिने एब्सिनियन प्रजातिका बिरालो मात्र ४ केजीको हुन्छ ।
यसरी ब्रिड गरेर बनाइएको क्याराकाटमा खाना नपच्ने, रेबिजको सुई लगाउँदा मर्ने लगायतको समस्या देखिए पनि बिरालोको सौख लाग्नेहरुले यसलाई नजरअन्दाज गर्दै आइरहेको अनास्टासिया टिमोखिनाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्धित
-
रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण