रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र छपाइमा ढिलाइ हुँदा प्रभावित भएको छ।
- महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले ढिलाइका लागि प्रतिनिधिसमक्ष क्षमायाचना गरेका छन्।
- महामन्त्री कविन्द्र बुर्लाकोटीले ढिलाइप्रति चासो दिँदै दर्ता प्रक्रिया छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र (कार्ड) छपाइमा भएको ढिलाइका कारण प्रभावित भएको छ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु तथा कार्ड वितरण कार्य निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै प्रतिनिधिसमक्ष क्षमायाचना गरेका छन्।
पूर्वनिर्धारित तालिकाअनुसार असार ७ गतेभित्र प्रतिनिधि नामावली रुजु सम्पन्न गरी असार ८ गते बिहानदेखि परिचयपत्र वितरण गर्ने योजना थियो। तर कार्य सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लागेपछि प्रतिनिधि दर्ता प्रक्रिया प्रभावित भएको हो।
प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइ भएसँगै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले चासो दिएका छन्। उनले गएराति बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएका थिए। दर्ता प्रक्रिया छिटो सम्पन्न गरी प्रतिनिधिहरूलाई सहज रूपमा सहभागिता गराउने प्रयास भइरहेको जनाइएको छ।
रास्वपाका एक नेताले भने, 'प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइलाई तीव्रता दिन रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी हिजो बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएर भोलिपल्ट बिहान प्रतिनिधि दर्ता सुनिश्चित हुने देखेपछि बाहिरिनु भएको थियो । तर पनि आज बिहान कति बजेबाट प्रतिनिधि रजिस्ट्रेसन सुरु हुन्छ यकिन गरी सूचना अझै आएको छैन।'
ढिलाइका कारण महाधिवेशनको बन्दसत्र एक दिन पर सरिसकेको छ। अब प्रतिनिधि रुजु र कार्ड छपाइ प्रक्रिया पूरा भएपछि प्रतिनिधि रजिस्ट्रेसन सुरु गरेर बन्दसत्र सुरु हुने छ ।
यसबारेमा महामन्त्री बुर्लाकोटीसँग सम्पर्क गर्दा प्रतिनिधिहरूको डिजिटल कार्ड प्रिन्ट भएर आउन समय लाग्ने भए अस्थायी रजिस्ट्रेसन प्रवेश कुपनबाट प्रतिनिधि रजिस्ट्रेसन गर्न निर्देशन र आवश्यक समन्वय गरेको जानकारी दिए ।
निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिबाट प्रतिनिधि दर्ता सम्बन्धी एकिन समय प्राप्त नभएको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
-
६ वर्षदेखि नीति तथा कार्यक्रममै सीमित रहे सीडीसी, एफडीए र प्राधिकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण