मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्धित

मङ्गलबार, ०९ असार २०८३, ०९ : २२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • चलचित्र ‘महाराजाधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् ।
  • सिनेमा छायाङ्कनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् ।
  • यो चलचित्र सोसल पिरियड ड्रामा रहेको छ ।

काठमाडौँ । चलचित्र ‘महाराजाधिरज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायाङ्कनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् ।

सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायाङ्कन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । “हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,” ‘महाराजाधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, “उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।”

अहिले काठमाडौँका विभिन्न ठाउँमा यो चलचित्रको छायाङ्कन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायाङ्कन अहिले काठमाडौँमा भइरहेको हो । भक्तपुरमा पनि यो सिनेमाको छायाङ्कन भएको छ । यो चलचित्रको छायाङ्कन सेड्युल ७० दिनको छ ।

परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजाधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् ।

चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौलालगायत रहेका छन् । 

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजाधिराज’का निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप