नेपाली बजारमा चौधरी ग्रुपले ल्यायो मेजू स्मार्टफोन
काठमाडौं– चौधरी ग्रुपले मेजु स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएको छ । सो कम्पनीले नेपाली बजारमा बहुप्रतिक्षित फल्यागशिप भिाइस मेजू प्रो सेभन सार्वजनिक गरेको हो । कम्पनीले मेजू प्रो सेभेनका साथमा एम सिक्स तथा एम फाइभ एस पनि सार्वजनिक गरेको छ । चिनियाँ स्मार्ट फोनहरुको बढ्दो आकर्षणलाई ध्यानमा राखेर सो कम्पनीले नेपाली उपभोक्ताहरुका लागि विश्वसनीय र भरपर्दो सेटहरु उपलव्ध गराएको दाबी गरेको छ ।
मोबाइल डिभाइस सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी ग्रुपका मोबाइल डिभिजन बिजनेस यूनिट हेड रमेश श्रेष्ठले भने, “यी स्मार्टफोनहरु एकिकृत आकर्षक डिजाइन र उच्च क्षमतावान हार्डवेयरका साथमा निर्माण गरिएका छन्, जसले अत्युतमयूजर एक्सपेरियन्स प्रदान गर्दछ र हामी विश्वस्त छौं कि यी विशिष्ट उत्पादनहरुले ग्राहकहरुको उच्च अपेक्षालाई पूरा गर्नेछ तथा बजारमा यसलाई लोकप्रिय बनाउनेमा हाम्रो ध्यान केन्द्रित रहेको छ ।”
कम्पनीका अनुसार प्रो सेभेनले आविश्कारमा विशाल छर्लाङ मारेको जनाइएको छ, जून मेजूको यसअघिका डिभाइसहरुको परम्परागत डिजाइन भन्दा भिन्न रहेको र यसमा ड्यूल स्क्रीन र ड्यूलक्यामरा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण