ट्रम्पको तारिफमा सद्दामकी छोरी
न्युयोर्क – इराकका तानशाह सद्दाम हुसैनकी जेठी छोरी रघाद सद्दाम हुसैनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रपतिहरु भन्दा फरक रहेको बताएकी छिन् ।
सिएनएनसँगको अन्तर्वार्तामा रघादले भनिन्, ‘उनी भर्खरै नेतृत्वमा आएका छन्... तर, यो मान्छेमा उच्च तहको राजनीतिक संवेदनशीलता रहेको पाउन सकिन्छ । यो उनीभन्दा अघिकाहरु भन्दा नितान्त फरक छ ।
इराकमा जारी द्वन्द्वको जिम्मेवार अमेरिका भएको आरोप लगाउने उनले ट्रम्प आफ्ना पूवर्वर्तीहरुभन्दा फरक हुनेमा आशा व्यक्त गरिन् । उनले भनिन्, ‘उनले अरुको गल्ती देखाएका छन्, विशेष गरेर इराक युद्धको सम्बन्धमा । यसको अर्थ उनी इराकमा गरिएको गल्तीबारे जानकार छन् र मेरो बुवामाथि भएको अन्यायमाथि पनि ।’
सन् २००३ मा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसको पालामा अमेरिकी गठबन्धनले इराकमा आक्रमण गरेको थियो । सद्दामलाई पक्राउ गरेर १० वर्षअघि मृत्युदण्डको सजाय दिइएको थियो । डिसेम्बर ३० मा त्यसको १० वर्ष पूरा हुँदैछ ।
राष्ट्रपतिको चुनावी अभियानका क्रममा उनले इराक युद्धको विरोध गरेका थिए । तर, त्यसअघि र पछिको अन्तर्वार्तामा भने उनले इराकमा गरिएको हमलाको समर्थन गरेका थिए ।
सद्दामलाई ‘खराब’ भने पनि ट्रम्पले पूर्व इराकी नेताले आतंकवाद नियन्त्रणमा अपनाएको उपायको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण