बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो

बिहीबार, ०४ असार २०८३, १३ : २०
बिहीबार, ०४ असार २०८३

सारांश

  • विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले यस वर्ष मन्त्रालयलाई छुट्याइएको बजेट धेरै भएको बताएका छन् ।
  • उनले पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट नवप्रवर्तनमा छुट्याउनुपर्ने माग गर्दै आएका छन् ।
  • आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेकोले बजेट खर्च गर्न गाह्रो हुने उनको भनाइ छ ।

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयलाई छुट्याइएको यो वर्षको बजेट धेरै भएको बताएका छन् । पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट नवप्रवर्तनमा छुट्याउनुपर्ने माग गर्दै आएका उनले यो वर्षको लागि बजेट धेरै भएको बताएका हुन् । 

उनले मन्त्रालयका लागि आवश्यक कानुनहरू बनिनसकेको र साढे ३ अर्ब रुपैयाँ अवन्डामा रहेको भन्दै यो खर्च गर्न गाह्रो हुने बताए । 

उनले यो वर्ष कानुन निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागि आवश्यक कानुनी व्यवस्थाका लागि तयारी गरिरहेको बताए । उनले करिब आठ वटा ऐनका लागि तयारी गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप