ओस्कार चेल्सी छाडेर चीनको सांघाई एसआइपीजी जाने
लण्डन – ब्राजिलियन प्लेमेकर ओस्कार चिनियाँ सुपर लिगमा आबद्ध हुने पछिल्लो हाइप्रोफाइल खेलाडी भएका छन् ।
उनी इंग्ल्याण्डको चेल्सी फुटबल क्लब छाडेर चीनको सांघाई एसआइपीजी क्लबमा जनवरीमा आबद्ध हुने भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार चेल्सीले चिनियाँ क्लबबाट करिब ७.४ करोड अमेरिकी डलर ट्रान्सफर फिबापत प्राप्त गर्नेछन् ।
चेल्सीले सन् २०१२ मा ब्राजिलियन क्लब इन्टर नेसिनलबाट ओस्कारलाई भित्र्याउन २.५ करोड पाउण्ड तिरेको थियो ।
क्लबले विज्ञप्ति जारी गर्दै ओस्कारले क्लब छाड्ने पुष्टि गरेको छ ।
ओस्कारले चेल्सीका लागि २०३ खेल खेल्दै ३८ गोल गरेका थिए । क्लबमा साढे चार वर्ष बिताउँदै उनले प्रिमियर लिग, लिग कप, युरोपा लिग जितेका थिए । उनले दुई पटक चेल्सीका लागि गोल अफ द सिजनको उपाधि पनि जितेका थिए ।
सांघाई एसआइपीजीमा चेल्सीकै पूर्व प्रशिक्षक आन्द्रे भिलास बोआस प्रशिक्षक रहेका छन् । क्लबले ब्राजिलका अर्को खेलाडी हल्कलाई ६.१ करोड डलरमा किनेको थियो ।
ओस्करले आगामी जनवरी १ मा नयाँ क्लबसँग आबद्ध हुनेछन् । उनले हप्ताको ४ लाख ९१ हजार डलर पारिश्रमिक प्राप्त गर्नेछन् । यसपछि उनी विश्वकै बढी पारिश्रमिक प्राप्त गर्ने खेलाडी मध्येमा पर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण