दुर्घटनाग्रस्त रसियाली विमान : शवको खोजी जारी, सोमबार राष्ट्रिय शोक मनाउने
रसिया - रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानबाट शवको खोजी जारी रहेको छ । यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा अन्त्य भएको छ ।
खोजीमा ३ हजार जना सहभागी छन् जसमा १०९ गोताखोर रहेका छन् ।
रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । विमानमा ९२ यात्रु सवार थिए
घटनास्थलबाट ११ मृत शरीरको पनि उद्धार गरिएको र बाँकी यात्रुको खोजी भइरहेको बताइएको छ ।
घटनास्थलबाट कसैलाई पनि जीवित उद्धार गर्न सकिने सङ्केत नदेखिएको मन्त्रालयले जनाएको छ ।
विमान रसियाको दक्षिणी क्षेत्रमा अवस्थित सहर एडलरमा इन्धन भरेपछि उडेको दुई मिनेटपछि नै राडरसँगको सम्पर्क विच्छेद भएको थियो ।
विमान स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा विमानस्थलबाट सिरियाका लागि उडेको थियो ।
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय टेलिभिजनसँग कुरा गर्दै विमान दुर्घटनाबाट ज्यान गुमाउने सम्पूर्ण यात्रुप्रति दुःख व्यक्त गर्न सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको छ ।
विमानमा यात्रारत आठ चालक दलका सदस्यसहित रसियाली सेनामा विभिन्न पदमा कार्यरत कर्मचारी तथा सैनिक रहेका बताइएको छ । विमानमा नौ जना पत्रकार, एक चिकित्सक तथा मानव अधिकारकर्मी सहित केही अन्य रसियाली अधिकारी पनि रहेको रसियाली रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले बताए ।
विमान रसियाबाट सेनको साङ्गीतिक टोली लिएर नयाँ वर्षको अवसरमा गरिने कार्यक्रमका लागि सिरियाको लाटकिया प्रान्तस्थित हमैमिम एयरबेसका लागि छुटेको थियो । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण