बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

माओ जयन्तीका अवसरमा प्रधानमन्त्री प्रचण्डको सन्देश

सोमबार, ११ पुस २०७३, १० : ३६
सोमबार, ११ पुस २०७३

काठमाडौँ – आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको १२३औं जन्म दिन । उनको जन्म दिनलाई मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्दै शुभकामना सन्देश दिएका छन् ।

माओ जयन्तीका अवसरमा प्रचण्डद्वारा जारी प्रेस वक्तव्य

आज २६ डिसेम्बर, २०१६ का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क. माओत्से तुङको १२३औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा ने।क।पा।९माओवादी केन्द्र० न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओप्रति लाल सलाम व्यक्त गर्दछ ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १९९३ डिसेम्बर २६ मा माओत्से तुङको जन्म भएको थियो । माओ चीनिया कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरीका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । माओ विश्वकै महान् पुरुषमध्ये एक बन्न पुग्नु भएको छ ।

माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, संघर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्धको रणनीति, नयाँजनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।

माओ दिवसका अवसरमा संसारका क्रान्तिकारीहरुलाई वित्तीय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समिक्षा, मा।ले।मा।को रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आव्हान गर्नु आफ्नो कर्तव्य ठान्दछौं । त्यसैले आज संसारभरीका माओवादी क्रान्तिकारीहरुले मा।ले।मा।वादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अपनाउदै आएका छन् ।

वर्तमान अवस्थामा संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्नु, संविधान क्रियान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्नु र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

११ पौष, २०७३ पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप