‘सामूहिक गौ हत्या’ भन्दै आन्दोलन चर्किदै : आइतबार सुदुरपश्चिम बन्द, मध्यपश्चिम पनि बन्दको घोषणा
सोमबार, ११ पुस २०७३, १६ : २६
काठमाडौँ – कञ्चनपुरको भिमदत्त नगरपालिका र वेतकोट नगरपालिकाले संयुक्तरुपमा टिप्पर र ट्रकमा लोड गरी कैलालीको गोदावरीमा ल्याएका गाई मरेपछि त्यसको व्यापक विरोध भइरहेको छ ।
यसको आइतबार सुदूरपश्चिम बन्द गरिएको छ भने हिन्दुवादी संस्थाले मंगलबार मध्यपश्चिममा आम हड्तालको आह्वान गरेका छन् ।
गत मंगलबार कञ्चनपुरको भिमदत्त नगरपालिकाका–३ वटा टिप्पर र वेतकोट नगरपालिकाले भाडामा लिएका २ वटा ट्रकमा कञ्चनपुरको शिसैयाबाट गाई ल्याइ गोदावरीको जंगलमा छाडेका थिए । भिमदत्त नगरपालिकाका टिप्परले ल्याएका तीन दर्जन गाइ मरेका थिए । गाईलाई सामूहिक बिष खुवाइएको आशंका गरिएको छ ।
गाईहरुको सामूहिक हत्या भएको आरोप लगाउँदै स्थानीय र हिन्दुवादी संस्थाहरुले विरोध गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबारीको माग गर्दै कैलालीमा बुधबारदेखि लगातार प्रदर्शन भइरहेको छ ।
सोमबार हिन्दु जागरण युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै धर्म निरपेक्षताको आडमा नेपालको मौलिक धर्म संस्कृतिमाथि हमला भएको भन्दै पुस १२ मध्यपश्चिममा आमहड्तालको आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण