आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु
सोमबार, ११ पुस २०७३, १२ : २१
धनुषा - धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ ।
भिरबाट लडेर एक व्यापारीको मृत्यु
मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषद्मा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो ।
घटनास्थल जिल्ला सदरमुकामबाट एक दिन पैदल दूरीमा रहेको र घटनालगत्तै श्रीकोट प्रहरी चौकीका प्रहरी घटनास्थलमा पुगी मुचुल्का उठाएको प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण