‘चाचा’ ले यसरी जोडे प्रचण्ड–बाबुराम
काठमाडौँ - डिभोर्सपछि भिन्दाभिन्दै हेडक्वार्टर चलाएका प्रधानमन्त्री एव्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई सोमवार झन्डै डेढ घण्टा एउटै मंचमा बसे । एउटा त्यस्तो मंच जहाँबाट उनले जनयुद्धको संस्मरण गरे, अहिलेको राजनीतिक घटनाक्रमको व्याख्या गरे र भविष्यमा हुन सक्ने एकताका विषयमा पनि मुख खोले ।
कार्यक्रम थियो, माओवादी सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा समेटिएको पुस्तक, ‘चाचा’को सार्वजनिकीकरण र प्रमुख अथिति प्रचण्ड तथा विशिष्ठ अथिति बाबुराम । पत्रकार सीताराम बरालले लेखेको पुस्तक दुवैले संयुक्त रुपमा विमोचन गरे ।
प्रचण्ड र बाबुरामलाई एउटै मंचमा ल्याउने रसायन थिए स्वर्गीय ‘चाचा’ । यहीकारण दुई नेतावीच ‘चाचा’ कसका भन्नेमा बहस चल्यो । ‘पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा गरेर प्रचण्ड–बाबुरामको सम्बन्धलाई बंगाउने काम हिजो पनि भयो, आज पनि पनि भयो । तर, फरक तरिकाले युद्ध यहाँ पुगेको थियो । पार्टीभित्रका अन्तससंघर्षमा चाचा हामी नजिक हुनुहुन्थ्यो । अन्तिमसम्म पनि मन मतिर र शरीर चाहिँ प्रचण्ड थियो । प्राविधिक हिसावले (सांसद भएका कारणले भन्न खोजेका थिए) उता (माओवादी केन्द्रतिर) हुनुहुन्थ्यो ।’ बाबुरामले चाचाबारे भनेका थिए ।
त्यसपछि बोलेका प्रधानमन्त्री प्रचण्डले बाबुरामको कुरामा असहमति राखे । ‘बाबुरामजीले चाचा उहाँतिर नजिक हुनहुन्थ्यो भन्ने कुरामा म सहमति हुन सकिनँ । उहाँ बाबुरामजीप्रति पनि सकरात्मक हुनुहुन्थ्यो । उहाँ प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ सिकिस्त विरामी अबस्थामा पनि मलाई प्रधानमन्त्री चुन्ने बेला भोट हाल्न आउनुभयो ।’ प्रचण्डले भने, ‘यो प्राविधिक कुरा मात्र होइन । वैचारिक र व्यक्तिगत कुरा पनि हो । यो मंचबाट दुवै नेताले आफुहरुवीचको सम्बन्धको ब्याख्या मात्र गरेनन्, भविष्यमा एकताको खाँचोमाथि पनि बोले । ‘उहाँ मरेर गएपनि हामीलाई एक ठाँउमा उभ्भाउन सफल हुनुभयो । अहिले हामी दुई ठाँउमा छौँ । राजनीतिक घटनाक्रमले एक ठाँउ आउन बाध्य पारेको छ । परिवर्तनशील शक्तिहरु एक ठाँउ उभिनुको विकल्प छैन ।’ प्रचण्डले भने, ‘हामीवीच छलफल हुन्छ । पक्षधरहरुले विगारेनन् भने, कसैले प्रभावित गरेनन् भने हामी फेरि देश र जनताका लागि एक ठाँउमा आउन सक्छौँ ।’
बाबुरामले पनि एकताको सम्भावनालाई अस्वीकार गरेनन् । ‘नेपाली समाज अर्को चरणमा प्रवेश गरेको छ । उपलब्धीको रक्षा गरेर अगाडि बढने हो भने उत्पादक शक्ति बृद्धि गरेर अगाडि बढ्नुपर्छ । उपलब्धी गुम्नु हुँदैन भन्नेमा साँझा चासो राख्नैपर्छ ।’ बाबुरामले भने, ‘हामी आज पनि मिल्न चाहन्छौँ । भोलि पनि मिल्न चाहन्छौँ । सम्भावना पनि रहन्छ । तर, नेपालमा माओवादकै कुराले मात्र पुग्दैन । व्यक्तिगत रुपमा हामीवीच केही समस्या छैन । भोलि पनि एक ठाँउमा हुन सक्छौँ । आ–आफ्नो प्रयोगसहित बाटो खुला राख्नुपर्छ ।’
प्रचण्डले आफुले बाबुरामसँग २५ बर्ष एउटै कमिटिमा बसेर काम गरेको स्मरण गर्दै बाबुरामले चालेको कदमलाई अननर्मल भएको बताए । ‘उहाँको कदम (माओवादी छाड्ने निर्णय) अननर्मल लाग्छ । म यसलाई नर्मल भन्न सक्दिनँ ।’ प्रचण्डले भने, ‘उहाँको त्यो कदमको समीक्षाको खाँचो छ । समीक्षाले फेरि हामीलाई एक ठाँउमा पुर्राउन सक्छ । हामी विज्ञानमा विश्वास गर्छौँ । समीक्षा गर्दै स्पेस खोज्ने काम गर्नुपर्छ ।
संविधान बनेपछि देश अर्कोचरणमा प्रवेश गरेको बाबुरामको ब्याख्यासँग प्रचण्ड चाहिँ सहमत भएनन् । उनले संविधान कार्यन्वयनको विषयमा बाबुरामले ध्यान नदिएको संकेत गरे । ‘संविधान बनेपछि देश अर्को चरणमा प्रवेश गर्यो भनेर बाबुरामजी जानुभयो । तर, संविधान कार्यन्वयनको चरण बाँकी थियो । अहिले उपलब्धी उल्टाउने कोशिष भैरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘परिवर्तनको सीधा सम्बन्ध माओवादीसँग छ । यो परिवर्तन संसदवादी पार्टीको होइन । माओवादी आन्दोलन कमजोर भए धराप थाप्न सकिन्छ भन्ने उनीहरुलाई लागेको छ । माओवादी कमजोर भएपनि देश ०४७तिर त जादैन । जाने ०७४–०७५ तिर नै हो । यो संविधान नभएपनि हामीलाई के हुन्छ भन्न थालेका छन्, कतिपय । यो उपलब्धी ल्याउने एक ठाँउमा नभए देश एकात्मक र निरकुशतातिर त जान सक्दैन । तर, परिवर्तकारी नेतृत्व बलियो भएन भने देश अराजकतातिर जान्छ ।
कार्यक्रममा दुवै नेताले ‘चाचा’ को व्यक्तित्वमाथि पनि बोले । प्रधानमन्त्रीले चाचावारे भने
–जनयुद्धको सुप्रिम कमान्डरको हिसावले राजनीतिक कुरा मात्र नभएर फौजीपक्षमा पनि ध्यान दिनुपर्दथ्यो । जटिल र संवेशनशिल विषयमा उहाँले खेलेको भूमिका मलाई राम्रोसँग थाहा थियो ।
–व्यवहारमा साहसी हुनुहुन्थ्यो । कमै मानिसले मात्र त्यति जोखिम उठाएर संवेदनशिल काम गर्छन ।
–ड्राइभिङ कला, भाषा र शरीरको बनावटले पनि यो काम गर्न उहाँलाई सहयोग् गरेको होला । तर, त्यो मुख्य कुरा होइन । मुल्य कुरा उहाँले निकै ठूलो जोखिम उठाएर काम गर्नुभयो । –उहाँले नाम र पदका लागि कहिल्यै मरिहत्ते गर्नुभएन । काम गरे पनि नाम चाहिदैन्थ्यो उहाँलाई । आजकल यस्तो चरित्रको व्यक्ति भेट्टाउन निकै मुस्किल पर्छ ।’
चाचावारे बाबुरामले भने
–उहाँ एक क्रान्तिकारी आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो ।
–माओ जयन्ती, उहाँको जन्मदिवस र आज पुस्तक विमोचन एकैपटक हुनु, सुखद संयोग हो ।
–उहाँले नेपाली क्रान्तिमा गरेको योगदान स्मरणीय छ ।
–कितावको एउटा विशिष्ठ महत्व छ । जनयुद्धको लुकेको फौजीपाटो माथि यो किताव आएको छ ।
–हिजोको विषयबस्तु बंगाएर शतप्रतिशत गलत कुराको व्यापार गर्नेहरु पनि छन् । जनयुद्ध बाह्य शक्तिले चलाएको छ भनेर गलत कुरा गर्नेहरुले यो पुस्तकबाट सच्चाइ थाहा पाउँछन् ।
–क्रान्ति हामीले गर्ने र जस नलिन नजान्ने भयो ।
–यो किताव जनयुद्धको फौजी पाटो कति जोखिम मोलेर पुरा गरिएको थियो भन्ने प्रमाण हो ।
दीनानाथको आफ्नै सम्झना
–माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि ‘चाचा’ सँगको आफ्नो सम्बन्ध सुनाए ।
–म उहाँलाई महेश भनेर सम्बोधन गर्थै ।
–प्रचण्ड र मैले नेतृत्व गरेको माओवादीवीच सन् २००० को डिसेम्वर २६ मा पार्टी एकता पत्रमा हस्ताक्षर हुँदा चाचा पनिसँगै हुनुहुनथ्यो ।
–मोहनविक्रमले क्रान्ति गर्दैनन् भनेर हामीले विद्रोह गरेर जनयुद्धमा जाने निर्णय गरेका थियौँ । त्यसबेला चाचाजी निकै उत्साहीत हुनुभएको थियो ।
–उहाँको प्रचण्ड–बाबुराम दुवै नेताप्रति सम्मान र इज्जत थियो ।
–हामीले कहिल्यै गुट बनाएर हिडेनौँ । धेरै जसो एकतामा आएकाले गुट बनाएका छन् ।
–हामसोच दक्षिणतिर ढल्केका हुन कि भन्ने हुन लागेका छ ।
–चाचाजीको पनि र मेरो पनि लक्ष्य पुरा भएको छैन ।
कार्यक्रममा चाचाका छोरा एम्व बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डले बुबाले जनयुद्धमा निभाएको भूमिका र परिवारका सदस्यलाई राजनीतिमा लाग्न गरेको प्रेरणा लगायतका विषयमा बोलेका थिए ।
–मंचमा बस्दा प्रचण्ड र बाबुरामवीच अनौपचारिक कुरा भयो ।
–प्रचण्ड पत्नी सीतासहित कार्यक्रममा पुगेका थिए ।
–माअोवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पनि मंचमा थिए ।
–दर्शकदीर्धामा चाहिँ माओवादी केन्द्रका भन्दा नयाँ शक्तिका कार्यकर्ता धेरै थिए ।
–गत कार्तिक २९ मा चाचाको ६२ बर्षको उमेरमा निधन भएको थियो । कवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा निधन भएको थियो । –पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडा“डामा राखिएको थियो ।
–माओवादी समूहभित्र चाचा उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
–युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण