ओलीलाई प्रधानमन्त्रीको कटाक्ष : गणतन्त्रको विरोध गर्ने आज मसिहा बन्दैछ (भिडियो)
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो गणतन्त्रको विरोध गर्नेहरु आज गणतन्त्रको मसिहाको रुपमा प्रस्तुत भइरहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
दोस्रो जनआन्दोलनको क्रममा गणतन्त्र नरुचाएको आरोप एमाले अध्यक्ष ओलीमाथि लाग्ने गरेको थियो ।
‘जो गणतन्त्रनै रुचाउँदैन थिए, आज आफूलाई गणतन्त्रको मसिया भनेर प्रस्तुत हुँदैछन् । संघीय लोकतान्त्रिक गणतन्त्र आफूले गर्दा मात्र आएको जस्तो गर्दैछन्,’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै भने ।
उनले भने, – परिवर्तनलाई उल्टाउन बुर्जुवा र दलाल पूँजीपतिहरु लागि परेका छन् ।
– अब हाम्रो दायित्व भनेको परिवर्तनलाई उल्टाउन नदिनु हो ।
– हामीले हालको परिवर्तनलाई रक्षा गर्दै थप उपलब्धिको लागि संघर्ष गर्दै जानुपर्छ ।
– यसका लागि सबै माओवादी एक नभई परिर्वतनको रक्षा गर्न सकिन्न, अगाडी बढ्न सकिन्न ।
– एक थरी नेता छन् जो मधेसको नाम सुन्नै चहाँदैन, मधेस भन्ने बित्तिकै रिस उठेर आउँछ । ती नेताहरुबाट यो परिवर्तनलाई जोगाइराख्नुपर्छ ।
– यिनीहरु नै परिवर्तनलाई उल्टाउन लागि परेका छन् ।
– अहिले देशमा यस्तो तत्व आएको छ, जसले हाम्रो नारालाई हाइज्याक गरेर जनतालाई भ्रमित गर्ने काम गरिरहेको छ ।
– बाम आन्दोलनमा केही योगदान नभएकाहरु आज ठूलो दाबी गर्दै जनतालई भ्रमि गर्न खोजिरहेका छन् ।
उनीहरु देशलाई सामप्रदायिकता र विखण्डता तिर लाँदैछन्, हामी तराई–पहाड–हिमाललाई जोड्न चाहन्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण