भारतद्वारा अहिलेसम्मकै लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्र परिक्षण : चीनदेखि युरोपसम्म निसानामा
सोमबार, ११ पुस २०७३, १४ : ०७
नयाँ दिल्ली – भारतले सबैभन्दा लामो दुरी प्रहार गर्न सक्ने अग्नि–५ नामक क्षेप्यास्त्र सोमबार सफलतापूर्वक परिक्षण गरेको छ ।
ओडिशास्थित अब्दुल कलाम टापुबाट यसको परिक्षण गरिएको हो । भारतको डिफेन्स एन्ड डेवलम्पेन्ट अर्गनाइजेसन (डीआरडीओ)ले यसको जानकारी दिएको छ ।
५ हजार देखि ५ हजार ८ सय किलोमिटर सम्म प्रहार गर्न सक्ने यो मिसाइलमा एटमी हतियार पनि राख्न सकिन बताइएको छ । अग्नि–५ को निशानामा पाकिस्तान, चीनसहित युरोपसम्म पुग्न सक्ने छ ।
– जमिनबाट जमिनमा प्रहार गर्न सक्ने यो मध्यमदेखि अन्तरमहाद्वेशीय क्षेपयास्त्र हो ।
– वैज्ञानिकहरका अनुसार अग्नि ५ नेविगेसन र गाइडेड सिस्टमले यसलाई विशेष बनाएको छ ।
– मिसाइलमा रिंग लेजर गायरोस्पेस टेक्निकको प्रयोग गरिएको छ । यसले सटिक निसाना लगाउन मद्दत गर्छ ।
– अग्निमा ८५ प्रतिशत स्वदेशी प्रविधि प्रयोग गरिएको छ ।
किन विशेष ?
– ५ हजारदेखि ५ हजार ८ सय किलोमिटरसम्म प्रहार गर्न सक्ने यो मिसाइलमा १ हजार किलोसम्म वारहेड राख्न सकिनेछ ।
– अमेरिकाबाहेक एसिया, अफ्रिका र युरोप यसको निशानामा हुनेछ ।
– १७ मिटर लामो अग्नि ५ को तौल ५० टन छ । यसलाई लञ्च गर्न क्यानस्टर प्रविधिको प्रयोग गरिएको छ । यसलाई जहाँ पनि सजिलै लान सकिनेछ ।
– यसलाई दुश्मनको राडारले सजिलै पक्रन सक्नेछैन ।
योसँगै भारत अन्तरमहादेशीय क्षेप्यास्त्र बनाउने पाँचौ देश बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण