पुस महिनामा चर्को घाम
धनगढी - हुस्सु र कुहिरोसँगै चल्ने शीतलहरका कारण यसअघिका हिउँदयाममा कठ्याङ्ग्रिने जाडोको सामना गर्दै आएका स्थानीयवासी यस वर्ष भने घाम लाग्दा जाडोबाट मुक्त भएका छन् ।
मौसममा आएको परिवर्तनसँगै केही दिनयता सफा आकास हुँदा लाग्ने गरेको घामले राहत महसुस भएको स्थानीयवासीले बताएका छन् । “पुस महिनामा पनि चर्को घाम लागेको पहिलोपटक देखेँ, स्थानीयवासी खड्कबहादुर मल्लले भने, तीन दशकअघि पुस महिनामा घाम लाग्थ्यो, तर यति चर्को घाम हुन्थेन ।”
जलवायु परिवर्तनको असरले पुस महिनामा पनि यति चर्को घाम लागेको हुन सक्ने स्थानीयवासीको भनाइ छ । कुहिरो र हुस्सुसँगै चलेको शीतलहरका कारण यस क्षेत्रमा गएको मङ्सिर महिनाको अन्ततिर आठ÷दश दिन जाडो बढेको थियो ।
स्थानीय जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले, आकास सफा हुँदा दिनहुँ लाग्ने गरेको घामले जाडो ह्वात्तै घटेको जनाएको छ ।
मङ्सिर अन्तिमतिर जाडो बढेर आठ डिग्री सेल्सियस आसपाससम्म झरेको यहाँको न्यूनतम तापक्रम घाम लाग्दा हाल ११ डिग्री सेल्सियसको आसपास पुगेको कार्यालयका प्रमुख राममणि मिश्रले बताए ।
पश्चिमी वायुको प्रभाव न्यून रहेका कारण हिजोआज हुस्सु, कुहिरो र शीतलहरको समस्या नदेखिएको हुन सक्ने मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण