खो खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण
सोमबार, ११ पुस २०७३, १५ : २६
इनरुवा - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।
सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण पदक हात पारेको हो ।
पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो ।
सेनाले एक पाली बाँकी छँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो । मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा काश्य पदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ । त्यसैगरी आजै सम्पन्न महिलातर्फको खो खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजत पदक प्राप्त गरेको छ ।
महिला खोखोको काश्य पदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण