बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तस्विरमा सौराहाको हात्ती महोत्सव

सोमबार, ११ पुस २०७३, १५ : ४५
सोमबार, ११ पुस २०७३

चितवन - पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ ।

पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ ।

आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्रमा गरेको छ ।

¥यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो ।

यसवर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिए ।

हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् ।

महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए ।

महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको महोत्सव संयोजक दीपक भट्टराईले बताए ।

बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ ।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चितवनको कुमारोज मध्यवर्ती सामुदायिक वनमा आजदेखि जिप सफारी सुरु भएको छ ।

दिगो पर्यटन विकास गर्र्दा स्थानीयवासीको आयआर्जन विकासका लागि यहाँ आजदेखि पर्यटकका लागि जिप सफारी सुरु भएको उक्त सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए ।

आज एक कार्यक्रममा बीच उक्त सफारीको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप