मिखितारियनको अविस्मरणीय गोल (भिडियो)
म्यान्चेस्टर – हेनरिक मिखितारियनले उद्भूत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले संघर्षरत सन्डरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
प्रिमियर लिगमा युनाइटेडको यो लगातार चौँथो जीत हो ।
खेलमा पूर्णरुपमा हाबी भएको युनाइटेडले ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीको पोष्टमा २५ पटक प्रहार गरेको थियो ।
यद्यपि, अन्तिम १० मिनेटसम्म पनि डेली ब्लीन्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनिरहेको थियो ।
खेलको ८२ औँ मिनेटमा पाउल पोग्बाको पासमा इब्राहिमोविचले दोस्रो गोल गरे भने खेलको ८६ औँ मिनेटमा मिखितारियनले ब्याकहिल भलीमार्फत उत्कृष्ट गोल गरे ।
प्रशिक्षक जोसे मोरिन्होले उक्त गोललाई ‘अद्भूत’ भने पनि रिप्लेमा उक्त गोल गर्दा अर्मेनियन खेलाडी अफसाइड देखाएको थियो ।
खेलको इन्जुरीमा समयमा फाबियो बोरिनीले सन्डरल्याण्डका लागि सान्तवना गोल गरे ।
जीतसँगै युनाइटेड लिगको पाँचौँ स्थानमा रहेको टोटनहमसँग अंक बराबरी गरेको छ । यद्यपि, स्पर्सले एक खेल कम खेलेको छ ।
अर्को म्यान्चेस्टर क्लब सिटीले पनि हल सिटीलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लेको छ ।
निकै संघर्षपूर्ण खेलमा सिटीले सबै गोल खेलको दोस्रो हाफको अन्त्य तिर गरेको थियो ।
सिटीलाई जित दिलाउन याया टुरेले पेनाल्टीमार्फत गोल गरे भने त्यसको ६ मिनेट पनि केलिची इहेनाचाले अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा कर्टिस डेभिसले आत्मघाती गोल गरे ।
उता, डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी भने एभर्टनसँग आफ्नै घरेलु मैदानमा २–० ले स्तब्ध बन्यो ।
एर्भटनका लागि केभिन मिरालेस र रोमेलु लुकाकुले गोल गर्दै सेप्टेम्बरपछि घरेलु मैदानबाहिर पहिलो जीत दिलाए ।
पराजयसँगै लेस्टर रेलिगेसन क्षेत्र नजिक पुगेको छ । १८ खेलबाट लेस्टरको मात्र १७ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण