सभामुख कहाँ कुरा नमिल्दा मोर्चासहित सत्तापक्षको बैठक बस्दै
काठमाडौँ – सभामुख ओन्सारी घर्तीमगरले प्रमुख राजनीतिक दलसँग हिजो गरेको छलफलले कुनै निकास ननिस्केपछि संविधान संशोधनलगायतको विषयमा छलफल गर्न मधेशी मोर्चासहित माओवादी र काँँग्रेसको बैठक बस्दैछ ।
बालुवाटारमा आज बस्ने बैठकमा संसदमा पेस भएको संशोधन प्रस्तावलाई कसरी अगाडी बढाउने र निर्वाचनको विषयमा के गर्ने लगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
एमालेले सविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा टेबल हुन नदिने अडानमा छन् भने मधेशी मोर्चाले टेबल गर्न दिन तयार भएपनि त्यसलाई परिमार्जन गर्नुपर्ने अडान लिएको छ ।
संविधान संशोधनको विवाद लम्बिदा प्रतिपक्षिलाई सहयोग पुगेको भन्दै यसलाई चाँडो टुंगो लगाउने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन् ।
संसद अवरोध यसरी नै भइरह्यो भने प्रतिपक्षिको गठबन्धनमा बस्ने दलको संख्या बढ्दै जाने आँकलन सत्ता पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण