हात्ती पीडित आन्दोलित
मङ्गलबार, १२ पुस २०७३, ०९ : ४०
भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् ।
सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन् ।
सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जङ्गली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले बताए ।
हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उहाँले बताए ।
वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ ।
“अझै १३० भन्दा बढी निवेदन परेका छन् ।” वन अधिकृत शर्माले भने– “पीडितको पहिचान हुने काम भइरहेको छ ।” वनको नियम अनुसार पीडितलाई रु तीन हजारदेखि बढीको रु १० हजारसम्म क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको वन कार्यालयले जनाएको छ ।
“विद्युतीय उपकरण जडान गरेर हात्ती रोक्न सके हुन्थ्यो, यसका लागि हामीले माथिल्लो निकाय र दातृ निकायलाई पनि गुहार गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण