समाजवादी फोरमको अध्यक्षमा यादव
मङ्गलबार, १२ पुस २०७३, ०९ : ५०
विराटनगर । सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित भएका छन् ।
विराटनगरमा सोमबार साँझ सम्पन्न प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम बस्नेतले बताए।
निर्वाचित अध्यक्षले सचिव, सहसचिव र कोषाध्यक्षसमेत गरी ५१ जनालाई मनोनीत गर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार कार्यसमिति ९१ सदस्यीय हुने छ ।
मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस क्षेत्री एकता समाज पार्टीबीच एकता भएर सङ्घीय समाजवादी फोरम नेपाल पार्टी गठन भएपछि यादव मोरङको कार्यवाहक अध्यक्ष थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण