विद्यालयबाट कम्प्युटर चोरी
मङ्गलबार, १२ पुस २०७३, ०६ : ५५
राजविराज । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरिया जनता माध्यमिक विद्यालयबाट नौ थान कम्प्युटर सेट चोरी भएको छ ।
विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयले जनाएको छ ।
करिब रु छ लाख मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले बताए ।
कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित भएको छ ।
सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरीयासहित तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जनता माध्यमिक विद्यालय खुरहरियामा कम्प्युटरको पढाइको लागि ४८ जना छात्रछात्रा अध्ययनरत छन् ।
लौनियाँ गाविस विद्यालय भर्ना घोषणा
शिक्षा पाउने सम्पूर्ण बालबालिकाको अधिकार हो भने नाराका साथ सोमबार सप्तरीको लौनियाँ गाविसलाई पूर्ण शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।
क्षेत्र नं ३ का सांसद एवम् पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा सो गाविसलाई विद्यालय भर्ना घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण