त्रिविमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो
मङ्गलबार, १२ पुस २०७३, १० : ०२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ ।
समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले उत्तीर्ण हुने विद्यार्थीले आफूसँग एकै पटक धेरै साथीसँग प्रमाणपत्र पाउने भएकाले दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढेको बताउँछन् ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष दुई हजार बढी विद्यार्थी दीक्षित हुन थालेका छन् । समारोहमा विभिन्न सङ्कायका सर्वोकृष्ट अङ्क ल्याउनेलाई स्वर्ण पदकसहित पुरस्कृत गरिन्छ भने अन्य उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्रले दीक्षित गरिन्छ ।
दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव तथा सहनियन्त्रक डा शङ्कर भण्डारीका अनुसार यस पटक आगामी बिहीबार हुने समारोहमा नौ हजार ७३४ विद्यार्थी दीक्षित हुने छन् । गत वर्ष सात हजार ३०० विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा २०७२ जेठ १८ गतेदेखि २०७३ असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।
पाटन क्याम्पस ललितपुरबाट मानविकी सङ्कायको ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गरेकी रचना ढकाल पनि बिहीबार हुने दीक्षान्त समारोहमा दीक्षित हुदैछन् ।
सहनियन्त्रक भण्डारीले दीक्षान्त समारोहमा करिब ८४ हजार विद्यार्थी दीक्षित भएको घोषणा गरिने बताए ।
विद्यार्थीको दीक्षित हुनेप्रति आकर्षण बढेपछि त्रिविले दीक्षान्त समारोह हुनुभन्दा एक महिना अगाडि नै सूचना प्रकाशित गरेर विद्यार्थीलाई दीक्षित हुन आह्वान गर्दछ ।
यसपटक कात्तिक १० देखि मङ्सिर १२ गतेसम्म दीक्षित हुन विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा निवेदन दिन आग्रह गरेको थियो ।
अनेरास्ववियुका शैक्षिक विभाग प्रमुख माधव पन्तले विदेशी विश्वविद्यालयमा दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढेसँगै नेपालमा पनि बढेको बताए ।
उनले शिक्षाको अन्तर्राष्ट्रिय मापदण्डलाई समेट्नका लागि पनि अनिवार्य रुपमा विद्यार्थी दीक्षित हुनपर्ने उल्लेख गर्दै त्रिविले नियमित परीक्षा गरेर सबै विद्यार्थीलाई दीक्षान्त समारोहमा उपस्थित हुन वातावरण बनाउनु पर्ने बताए ।
त्रिविले दीक्षित हुने प्रत्येक विद्यार्थीसँग रु दुई हजार धरौटी स्वरुप शुल्क लिएर स्कार्फ र गाउन दिने गर्दछ । समारोह पछि रु दुई हजार विद्यार्थीले फिर्ता पाउने छन् भने विद्यार्थीले स्कार्फ र गाउन त्रिविलाई फिर्ता गर्नुपर्ने हुन्छ ।
दीक्षित हुने विद्यार्थीले रु २०० शुल्क तिरेर समारोहमा दुई जना अभिभावक पनि लैजान पाउने व्यवस्था रहेको सहनियन्त्रक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण