पृथ्वीबाट लोप हुने संघारमा चितुवा
काठमाडौँ – विश्वकै तीव्र गतिमा दौडने जीव चितुवा त्यतिनै तीव्र गतिमा लोप हुने अवस्थामा पुग्दै गरेको एक अध्ययनले देखाएको छ ।
उक्त रिपोर्टका अनुसार विश्वमा अब ७ हजार १ सयवटा मात्र चितुवा रहेका छन् ।
उनीहरुको संरक्षका लागि संरक्षित क्षेत्र घोषणा गरिएपनि त्योभन्दा बाहिरसम्म बसोबास गर्ने गरेका छन् । चितुवाको वासस्थान मासिन थालेपछि पछिल्लो समय मानव वस्तीमा पस्ने घटना बढेका छन् । यसले गर्दा उनीहरु मारिने संख्यामा बृद्धि भएका छन् ।
अध्ययनकर्ताहरुले चितुवालाई संकटग्रस्तबाट लोपन्मुख श्रेणीमा राख्न माग गरेका छन् ।
एसियामा मासियो, अफ्रिकामा सिमित
अध्ययनमा विश्वभरको चितुवाको जनसंख्यामध्ये आधा दक्षिण अफ्रिकाको ६ वटा देशमा सिमित बनेका छन् ।
एसियाका धेरै देशबाट चितुवा मासिसकेका छन् । सबैभन्दा बढी इरानमा ५० को संख्यामा चितुवाको संख्या सिमित बनेको छ ।
चितुवाहरु ठूलो क्षेत्रफलमा घुम्ने हुँदा संरक्षित क्षेत्रभन्दा बाहिरसम्म उनीहरु पुग्ने गरेका छन् । चितुवाको ७७ प्रतिशत बासस्थान यस्ता संरक्षित क्षेत्रभन्दाबाहिर पर्ने गरेका छन् ।
मानववस्ती विस्तारसँगै उनीहरुको आहरामा पनि कमी आउन थालेको छ ।
जिम्बाब्वेमा पछिल्ला १६ वर्षमा चितुवाको संख्या १२ सयबाट १७० मा झरेको छ ।
अध्ययनकर्ताहरुले चितुवा खतरामा परेको बारेमा लामो समयदेखि अन्देखा हुँदै आएको बताएका छन् ।
लण्डनमा रहेको जुलोजिकल सोसाइटीकी डा. शारा डुरान्टले आफूहरुले पहिले सोचेभन्दा चितुवाहरु लोप हुने धेरै ठूलो खतरा रहेको बताइन् ।
तस्करी पनि बढ्यो
यता, चितुवाको बच्चाहरुको पनि तस्करी पनि त्यतिकै बढेको छ । खाडी मूलुकमा चितुवालाई घरपालुवा जनावरको रुपमा पालिने गरिएको छ ।
कालोबजारमा चितुवाको बच्चालाई १० हजार अमेरिकी डलर सम्ममा बिक्री गरिने गरेको छ । पछिल्लो १० वर्षमा अफ्रिकाबाट १२ सयभन्दा बढी चितुवाका बच्चाको तस्करी गरिएको तथ्यांक चिता कन्जरभेसन फण्डले देखाएको छ । संस्थाका अनुसार तस्किरी गरेर लगिएका आधाभन्दा बढीको मृत्यु भएको थियो ।
चितुवा लोपन्मुख हुने अवस्थामा पुगेको बारेमा प्रोसिडिङ अफ द नेसनल एकाडमी अफ साइन्समा जर्नल प्रकाशित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण