बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विद्युत् चोरीको अभियोगमा सात जना पक्राउ

मङ्गलबार, १२ पुस २०७३, ०६ : ३६
मङ्गलबार, १२ पुस २०७३
राजविराज - विद्युत् चोरी गरेको अभियोगमा आज सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्त रुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए । अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार आज कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप