पुरानै संरचनाअनुसार निर्वाचन गराउन काँग्रेसको प्रस्ताव : पौडेल
धादिङ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताएका छन् ।
नेता पौडेलले आज बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने –“मधेसमा बस्ने जनता पनि नेपाली नै हुन्, उनीहरुमा राष्ट्रप्रतिको माया कसैभन्दा कम छैन ।”
स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको सङ्ख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नं २ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्न जाने देखिएकाले पुरानै संरचनाअनुसार निर्वाचन गराउन काँग्रेसले प्रस्ताव गरेको उनले बताए ।
एक प्रसङ्गमा उनले लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भई स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने बताउँदै अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत जिल्लाको स्थान सुरक्षित रहनुपर्ने विचार नेता पौडेलले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण