पूर्व सभासद् बुद्धरत्न मानन्धरको निधनमा शोक प्रस्ताव पारित
काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकले नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व सभासद् बुद्धरत्न मानन्धरको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो ।
नेपालभाषाका कविसमेत रहनुभएका मानन्धरको यही पुस १० गते ७३ वर्षको उमेरमा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उहाँ काठमाडौँ जिल्लाबाट सो पार्टीका तर्फबाट सभासद् बन्नुभएको थियो । उनी उच्च रक्तचाप र मुटुरोगबाट पीडित थिए ।
सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन् थियो । बैठकमा सांसदहरुले आ–आफ्नो आसनबाट उठी उनीप्रति एकमिनेट मौनधारण गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्तसमेत गरेको थियो ।
सो शोक प्रस्तावमा ‘व्यवस्थापिका संसद्को यो बैठक क्रान्तिकारी कविका रुपमा परिचित नेपाः राष्ट्रिय पार्टीका उपाध्यक्ष एवम् उक्त पार्टीका तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडाँै जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित मानन्धरको ७३ वर्षको उमेरमा उच्च रक्तचाप र मुटुरोगको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा २०७३ पुस १० गते अपराह्न ४ बजे निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उनको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण