भूकम्पपीडितका नाममा सालका रुख कटान
मङ्गलबार, १२ पुस २०७३, १५ : ५७
बनेपा - काभ्रेपलाञ्चोककको पाँचखाल नगरपालिका र महादेवस्थान गाविसमा भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिएका छन् ।
जिल्लाका पाँचखाल क्षेत्र र महादेवस्थानको हिगुवापाटी आसपासमा आज प्रहरीले झन्डै ३०० क्युफिट अवैध सालको काठ फर्निचर कारखानाबाट बरामद गरेपछि काठ काटिएको खुल्न आएको हो । ती काठको मूल्य प्रतिक्यफिट रु पाँच सय पर्छ ।
भूकम्पपीडितका नाममा काटिएका अवैध काठसहित पाँचखाल– ३ स्थित उमादेवी फर्निचर उद्योगका सञ्चालक तेजप्रसाद न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीपञ्चकन्या फर्निचर समिलका सञ्चालक रमेश क्षेत्री र अर्को फर्निचर उद्योगका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले लामो समयदेखि नै भूकम्पपीडितका नाममा फर्निचर उद्योगले व्यवसाय गरेको आशङ्का गर्दै बरामद भएको अवैध काठ वन कार्यालयलाई बुझाइने बताए ।
जिल्ला वन कार्यालय, धुलिखेलका वन अधिकृत प्रेम खनालले टाँचा नलगाइएका कारण प्रतिबन्धित सालको काठ अवैध भएको उल्लेख गर्दै काठ कटानमा इजाजत नलिइएको पनि बताए ।
“यो भूकम्पपीडितको नाममा बेथिति हो”, उनले भने । वन अधिकृत खनालले जिल्लाका अन्य स्थानमा पनि यस्तो क्रियाकलाप भएको हुन सक्ने जनाउँदै अब यसको गहन अध्ययन थालिने बताए ।
बोक्सेफेदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद तिवारीले उपभोक्ता समितिको निर्णयानुसार भूकम्पपीडितलाई पाँच थान काठ काट्न स्वीकृति दिक्ष्एको उल्लेख गर्दै काठ काट्ने विषयमा इजाजत लिनेबारे आफूलाई जानकारी नभएको जिकिर गरे ।
सो क्षेत्रमा केही उपभोक्ताले भूकम्पपीडितको घर निर्माणका लागि आफ्नै वनको काठ काटेर कारखानामा चिराउनका लागि ल्याइएको जिकिर गरेका छन् । यस विषयमा सम्बन्धित निकायलाई भने कुनै जानकारी छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण