ओलीको प्रश्न : संसद् अवरोध हुँदैमा सरकारले निर्वाचन घोषणा गर्न नसक्ने हो र ?
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गराउन भन्दै आज एमाले केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र दिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने उद्घोषण पनि गरे ।
उनले भने – ‘‘संविधानविपरीत संविधान संशोधन आएकाले संसद्मा छलफल गर्न रोकेका हौँ, तर संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ ? के संसद्बाट निर्वाचन घोषणा गर्ने हो र ?’’
के एमाले पनि सरकारमा गएर निर्वाचन गराउने हो र भन्ने प्रश्नमा उनले भने – “वर्तमान सरकारको आयु चार महिना मात्रै छ । अहिलेको गठबन्धनमा रहेका दलमा सहमति कार्यान्वयनको संस्कार नभएकाले त्यसपछि के हुन्छ हेर्दै जाउँ तर एमालेले निर्वाचन गराउँछ ।”
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा गर्दै आफ्नो पार्टीले मुलुकलाई कुबाटोमा जान नदिई लोकतान्त्रिक बाटोमा अघि बढाउने जनाए ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्तावका कारण उत्पन्न गतिरोध तोड्न सरकार लचिलो हुनुपर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाले अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण