बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अवैध रुपमा जडीबुटी सङ्कलन गर्ने दश ठेकेदार विरुद्ध अनुसन्धान

मङ्गलबार, १२ पुस २०७३, १७ : १३
मङ्गलबार, १२ पुस २०७३

बाजुरा - अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा जिल्ला वन कार्यालयले दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला बन अधिकृत विशेन्द्रराज सुवेदीका अनुसार कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो ।

सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो, र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको छ । वन कार्यालले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेकोे थियो ।

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही, दीपक रेग्मीलाई अनुसन्धानका लागि मङ्गलबार कोल्टी लगेको छ ।

वन कर्मचारी र ठेकेदारबीच पैसामा कुरा नमिलेपछि रहस्य बाहिर आएको स्थानीय जनताको भनाइ छ । सुरुमा वन कार्यालयले नदेखे झै गरे पनि चौतर्फी आलोचनापछि मात्र समात्न बाध्य भएको थियो ।वन अधिकृत विशेन्द्रराज सुवेदीले यो विषयमा शुरुमा सूचना माग गर्दा नदिएको पनि बताइएको छ।

जिल्लाबाट ६५ बढी प्रजातिका जडीबुटी सङ्कलन गर्न पाउने अधिकार वन कार्यालयले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप