बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

ओबामा र आबे पर्ल हार्बरमा

बुधबार, १३ पुस २०७३, ०९ : ०८
बुधबार, १३ पुस २०७३

अमेरिका - अमेरिका र जापानबीचको ७५ वर्ष लामो तिक्ततालाई अन्त्य गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई राज्यस्थित पर्ल हार्बरको मङ्गलबार भ्रमण गरेका छन् ।

सन् १९४१ डिसेम्बर ७ मा पर्ल हार्बरमा जापानद्वारा गरिएको आक्रमणमा दुई हजार ३०० अमेरिकी नौसेनाको मृत्यु भएपछि अमेरिका द्वितीय विश्वयुद्धमा उत्रिएको थियो ।

जापानी प्रधानमन्त्री पर्ल हार्बरमा पुग्दा अमेरिकी राष्ट्रपतिले उनलाई साथ दिएका थिए।

युद्धपछि बिग्रिएको सम्बन्धलाई पूर्व शत्रुको भ्रमणपछि सुधार आउने र यसअघिका दुई देशलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने जापानी सरकारले बताएको छ ।

जापानको उच्च नेताका रुपमा आक्रमणको नौ वर्षपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गरेका थिए।

उक्त स्थानमा दुवै देशका राष्ट्रप्रमुखले एकै पटक भ्रमण गरी उक्त घटनामा ज्यान गुमाउने अमेरिकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने अवसर भने जुरेको थिएन ।

जापानी प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिसहित पर्ल हार्बरस्थित स्मारकमा पुगेर हमलामा मारिएका मानिसप्रति सम्मान व्यक्त रेका छन् ।

करिब छ महिना पहिले अमेरिकी राष्ट्रपतिका रुपमा राष्ट्रपति ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब दुई लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमणस्थलको पनि भ्रमण गरेका थिए । ओबामाले पनि हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमा याचना भने गरेका थिएनन् ।

आबेको अमेरिका भ्रमणबारे अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्रीबीच गत महिना पेरुमा आर्थिक सम्मेलनको सेरोफेरोमा हस्ताक्षर भएको थियो ।

यसैबीच चीनले आबेको पर्ल हार्बर भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भएको भनी प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले “आफ्नो नियमित सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, भ्रमण जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनःमिलन नगर्दासम्म उक्त अपराधबाट उन्मुक्ति मिल्ने छैन” भनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप