गण्डकी मेडिकल अस्पतालको सेवालाई सुचारु गराउन निर्देशन
पोखरा - गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज अस्पतालको सेवालाई सुचारु गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवामा हड्ताल गर्ने गराउने कार्य गैरकानुनी हुने भन्दै कार्यालयले अत्यावश्यकीय सेवालाई सुचारु गरी व्यवस्थापन र आन्दोलनरत दुबै पक्षबीच वार्ता गरी समस्याको समाधान खोज्न निर्देशन दिएको हो ।
कलेजमा कार्यरत चिकित्सकले विनाकारण निष्कासन गरिएका चिकित्सकलाई तुरुन्त पुनःबहाली गर्नुपर्ने, श्रम ऐनअनुसार करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र महिना बितेको सात दिनभित्र तलब वितरण गर्नुपर्ने चारवटा माग राख्दै १५ दिनयता अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दै आएका छन् ।
सङ्घर्ष समितिका सचिव तारा कोइरालाले आफूहरूका जायज मागको सम्बोधनका लागि कलेजको व्यवस्थापनलाई एक हप्ता समय दिए पनि मागको बेवास्था गरिएका कारण दुई सातादेखि आकस्मिक बाहेकका सेवामा असहयोग आन्दोलन गरेको बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले तलब वृद्धिलगायतका समस्या समाधानका लागि आन्दोलनरत चिकित्सकसँग तीन हप्ताको समय मागिए पनि उनीहरूले त्यसको बेवास्था गरी आन्दोलनलाई जारी राखेको बताए । हडतालका कारण अस्पतालमा आउने बिरामीका साथै कलेजमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक परीक्षा दिने विद्यार्थी प्रत्यक्षमारमा परेको बताउँदै उनले समस्याको समाधान छलफलबाट हुनुपर्छ भन्नेमा व्यवस्थापन प्रतिवद्ध भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण