यी हुन् सरकारका करोडपति खानेपानी तथा सरसफाई राज्यमन्त्री खड्का
काठमाडौं – वर्तमान सरकारका मन्त्री तथा राज्यमन्त्रीको सम्पत्ति विवरण हेर्दा लखपतिदेखि अर्वपतिसम्म भेटिएका छन् । पछिल्लो पटक सम्पत्ति विवरण बुझाएका खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले आफ्नो करोडौं रुपैँयाको सम्पति शेयरमा लगाएका छन् । संखुवासभा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद खड्का नेपाली कांग्रेसका तर्फबाट राज्यमन्त्री भएका हुन् । यस्तो छ राज्यमन्त्री खड्काको सम्पत्ति विवरण :
७ वटा घर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले वेवसाइट मार्फत सार्वजनिक गरेको राज्यमन्त्री खड्काको सम्पति विवरणमा ७ वटा घर रहेको छ । संखुवासभाको आँखीभूँई गाविस स्थायी ठेगाना भएका खड्काको संखुवासभाको चैनपुरमा एउटा घर रहेको छ भने काठमाडौंको बुढानिलकण्ठमा ३ वटा घर र ३ वटा पाले घर रहेको छ ।
७७ रोपनी जग्गा राज्यमन्त्री थापाले बुझाएको सम्पति विवरणमा काठमाडौं र संखुवासभामा गरेर ७७ रोपनी जग्गा रहेको देखाएका छन् । काठमाडौंको बुढानिलकण्ठ तथा चन्द्रागिरी नगरपालिकामा आफ्नो र श्रीमती बिनिता थापा खड्काको नाममा र खड्काल्यान्ड डेभलपर्सको नाममा २१ रोपनी २ आना २ पैसा जग्गा रहेको छ । यस्तै उनको आफ्नै नाममा संखुवासभाको मनकामना गाबिसमा ४० रोपनी, दिदिङ् गाबिसमा ११ रोपनी र चैनपुर गाबिसमा ५ रोपनी गरी ७७ रोपनी २ आना २ पैसा जग्गा खुलाएका छन् ।
८० लाख नगद, सुन चाँदी र हिरा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले पेस गरेको सम्पति विवरणमा ८० लाख नगद, ६५ तोला सुन, ४ सय तोला चाँदी र १३ क्यारेटको हीराका सेट रहेका छन् ।
७ वटा बैंकमा खाता राज्यमन्त्री खड्का र श्रीमतिको नाममा ७ वटा बैंकमा खाता रहेको छ । सम्पति विवरण भर्ने बेला उनले ती बैंकको नाम र खाता नंबर उल्लेख गरेका छन् । लेखिसकेपछि बंैकको खाता नंबर भने नबुझिने गरी केरमेट गरेका छन् । साथै उनले बैंकमा रहेको पैसा खुलाएका छैनन् । ७ वटा खातामा उनले १ रुपैयाँ पनि खुलाएका छैनन् ।
शेयरमा १२ करोड ३० लाखको सम्पत्ति : राज्यमन्त्री खड्काले बुझाएको सम्पति विवरण हेर्दा उनले शेयर बजारमा प्रशस्त सम्पति लगानी गरेको देखिन्छ । उनले आफ्नो र श्रीमतीको नाममा १० वटा कम्पनीमा शेयर लगानी गरेका छन् । राज्यमन्त्री खड्काले १२ करोड, ३१ लाख, २९ हजार ४ सय रुपैयाँको शेयर कारोबार गरेका छन् । –खड्का ल्यान्ड डेभलपर्स प्रा.ली.मा २२ लाख ५० हजार –श्रीमती विनिता थापा खड्काको नाममा डिभाइस ट्राभल एण्ड टुर्समा ५० हजार –हिमालय ट्रेक प्रालीमा ४२ लाख रुपैयाँ –राज्यमन्त्री खड्काको नाममा लाङटाङ भोटेकोसी हाइड्रोपावरमा १ करोड ४० लाख –श्रीमतीको नाममा लैनचौर बैंक्युट प्रालीमा १४ लाख रुपैयाँ –उनको नाममा मकालु बरुण एग्रो कन्र्सन प्रालीमा ३० लाख रुपैँया –संखुवासभा आधुकिन कृषि कम्पनी प्रालीमा १ करोड ५० लाख रुपैयाँ –मोन्छ्याम हाइड्रोपावर कम्पनीमा ३ करोड १७ लाख ७९ हजार ४ सय रुपैँया –श्रीमती विनिता थापा खड्काको नाममा होटल फोरेष्ट रिर्सोट प्रालीमा ४ करोड ७५ लाख रुपैयाँ –दीपक खड्का तथा परिवारका सदस्यका नाममा विभिन्न वित्तिय संस्थामा ३५ लाख रुपैँयाको शेयर रहेको छ ।
ऋण राज्यमन्त्री खड्काले बुझाएको सम्पति विवरणको ऋण लिएको÷दिएको वा तिरेको खण्डमा बंैक अफ काठमाडौंबाट ५६ लाख, नेपाल बंगलादेश बैंकबाट करिब ४ करोड १५ लाख, ६ करोड २४ लाख ऋण लिएको उल्लेख गरेका छन् ।
अन्य सम्पति अन्य सम्पति विवरणमा उनले अलैंची, रुख, बुट्यान तथा वाग–बगैंचा उल्लेख गरेका छन् । यस्तै घरमा घडी, रेडियो, टेलिभिजन, कम्प्युटर, स्क्यानर, फोटोकपी मेसिन, ल्यापटप, क्यामेरा, मोबाइल, वासिङ मेसिन लगायतका घरेलु उपकरण उल्लेख गरेका छन् । राज्यमन्त्री खड्काले गत पुस ७ गते सम्पति विवरण भरेका थिए । प्रधानमन्त्री कार्यालयले उनले बुझाएको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । यता खानेपानी तथा सरफाई मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा ३ कठ्ठा जमिन र ३ तोला सुन रहेको उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण