बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई ‘साझा सम्मान’

बुधबार, १३ पुस २०७३, १६ : ४८
बुधबार, १३ पुस २०७३

काठमाडाँै  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित मूर्धन्य तीन स्रष्टालाई जनही २५ हजार १०१ रुपैयाँ राशिसहित ताम्रपत्रबाट सम्मानित गरियो ।

पुल्चोकस्थित साझा प्रकाशनमा आयोजित समारोहमा राष्ट्रकवि घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र आख्यानकार मदनमणि दीक्षितलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

उहाँहरुले नेपाली भाषा, साहित्य र संस्कृतिमा दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

सोही समारोहमा प्रधानमन्त्री दाहालले समालोचक निनु चापागाईको ‘पूर्ववाद र सइदेली विचार’ र प्राडा ताराकान्त पाण्डेयको ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन तथा साहित्यको समाज शास्त्र’ लोकार्पण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप