प्रधानमन्त्रीले भने, ‘आयोगको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्छ’
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालसित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेलसहित आयोगका पदाधिकारीले भेट गरेका छन्।
प्रम निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आयोगले तयार गरेको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्ने जानकारी दिएको आयोगका अध्यक्ष पौडेलले जानकारी दिए ।
नेपालको संविधानको धारा २९५ अनुसार तत्कालीन प्रम केपी शर्मा ओली सरकारका समयमा सो आयोग गठन भएको थियो । सो आयोगले गाउँपालिका, नगरपालिकाका सङ्ख्या तथा सिमाना निर्धारण गरी आफ्नो प्रतिवेदन तयार गरेको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा स्थानीय निकायको निर्वाचनको तयारीमा सरकार जुटेको बताएका थिए । आयोगले तयार पारेका प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी दिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण