बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सांसद् चढेको गाडी लक्षित विस्फोट, सांसद्को बडिगार्डको मृत्यु

बुधबार, १३ पुस २०७३, १७ : २१
बुधबार, १३ पुस २०७३

काबुल - अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा पर्ने इलाकामा बुधबार भएको एक बम विस्फोटमा मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

स्थानीय समयाअनुसार बुधबार बिहान ०९ बजे दास्त ए बार्ची इलाकामा रहेको सिते मस्जिद नजिकै सो विस्फोट भएको प्रत्यक्षदर्शी मोहमद फाहिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

अफगान सांसद सदस्य रहेका फाकोरी बेहिस्ती सो इलाकाबाट गइरहेको अवस्थामा उक्त विस्फोट भएको मोहमदले बताएका छन् ।

प्रारम्भिक समाचार अनुसार यस विस्फोटमा परी सांसदको बडिगार्डमृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् । यस समाचारको विस्तृत विवरणको लागि अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय टेलिभिजन च्यानलले देखाएको एक दृष्यअनुसार विस्फोट भएको इलाकामा भवन र कारहरु क्षतिग्रस्त भएका छन् । यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप