कुवेतमा उपचार गराइरहेकी ताराले अस्पतालको बेडबाटै गरिन् सहयोगको अपिल
कुवेत - कुवेतको जाहारा हस्पिटलमा बिगत एक बर्षदेखि उपचार गराउदै आएकी तारा थापा मगरले अस्पतालको बेडबाटै सहयोगको अपिल गरेको गरेकी छिन् |
पाल्पा जिल्ला दोभान-५ घर भएकी तारा गम्भीर अवस्थामा उपचार गराइरहेकी छिन् | उनको दाहिने पट्टीको पुरै शरीर चल्दैन | एक बर्ष पहिले अचानक बेहोस भै ढलेकी तारालाई २८ दिन सम्म अस्पतालको आसियुमा राख्न परेको थियो भने १६ दिनपछि मात्र होस् खुलेको थियो ।
आर्थिक अवस्था कमजोर भएकी ताराको तत्काल मस्तिष्कको अर्को अप्रेसन गर्नुपर्ने भएपछि उनि थप समस्यामा परेकी छिन् |
आज रातोपाटी संग कुरा गर्दै ताराले सम्पूर्ण नेपाली जनसमुदायमा सहयोगको अपिल गरेकी छिन् |
उनले सहयोगको अपिल गर्दै नेपाल फर्कने वातावरण मिलाउन पहल गरिदिन सम्बन्धित निकाय, नेपाली दुताबास कुवेत लगायत कुवेतका सम्पूर्ण संघसंस्थालाई अनुरोध समेत गरेकी छिन् |
टेलरिङको काममा ५ बर्ष पहिले कुवेत आएकी ताराको नेपालमा एक छोरा छन् भने श्रीमानको मृत्यु भै सकेको छ | आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेकी तारालाई हाल मेधबिर श्रेष्ठले हेरचाह गर्दै आएका छन् |
सहयोग गर्न चाहने सहयोगी मनहरुले निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ |
एनआरएनए महिला प्रतिनिधि- मधु मगर +९६५-६०४२३९२२
ताराको हेरचाह गरिरहेका- मेघबिर श्रेष्ठ- +९६५-५५९००५२९, ५५०७३१६२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण