न्यायाधिश नियुक्तीमा सरकारी वकिलहरुको आपत्ति, आन्दोलनको चेतावनी
काठमाडौँ – न्याय परिषदले ८० जना उच्च अदालतको न्यायाधिश नियुक्ती गरेकोमा सरकार वकिलहरुले नै आपत्ति जनाएका छन् । सरकारी वकिल समूहमा कार्यरत जनशक्तिको अपमान हुने गरी उच्च अदालतका न्यायाधिश नियुक्ति गरिएको भन्दै आपत्ति जनाइएको हो ।
सोमबार काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताको कार्यालय र मातहतमा कार्यरत सरकारी वकिलहरुको राष्ट्रिय स्तरका टे«ड युनियनहरुले आफूहरुलाई उपेक्षा गर्दै न्याय परिषदले उच्च अदालतका न्यायाधिश नियुक्ती गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।
८० जना न्यायाधिशलाई नियुक्ती गर्दा सरकारी वकिल समूहबाट एक जना मात्र न्यायाधिश सिफारिस गरेर न्याय परिषदले १ हजार ३ सय १० जना जनशक्तिको मानमर्दन गर्नु आपत्तिजनक रहेको महान्यायाधिवक्ताको कार्यालय, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती विभागीय कार्यसमितिका अध्यक्ष टेकनाथ अधिकारीले बताए । उनले न्यायाधिश नियुक्तीका लागि स्पष्ट मापदण्ड तय गर्न पनि न्याय परिषदसँग माग गरे।
सरकारी वकिलहरुको संस्थाको प्रतिनिधित्व र कार्यरत जनशक्तिको समानुपातिक प्रतिनिधित्वको हिसावले समेत न्याय परिषदको न्यायाधिश नियुक्तिको सिफारिस आपत्तिजनक रहेको सरकारी वकिल समाज, नेपालका अध्यक्ष संजीवराज रेग्मीले बताए । सरकारी वकिलहरुले न्याय परिषदले नियुक्त गरिएको न्यायाधिशमाथि पुनर्विचार नभए कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण